यी ३ राशिका मानिसलाई अत्यन्त अशुभ रहनेछ पुष महिना, सावधान रहन जरूरी !

कर्कट राशि 

तपाईंका लागि यो समय शुभ नरहला। तपाईंले प्राय: क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न नसक्नुहोला। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो समय प्रतिकूल रहेको छ। पारिवारिक स्थिति नकारात्मक रहन  सक्छ, ख्याल राख्नुहोला। महिनाको अन्तिमतिर भने स्वास्थ्यमा केहि समस्या आउनसक्छ। कमजोरी बाहिर आउनाले कार्यक्षेत्रमा समस्या पर्न सक्छ।

कन्या राशि 

आर्थिक दृष्टिकोणले हेर्ने हो भने यो महिना तपाईंको लागि त्यति सुखद नरहला। शिक्षा क्षेत्रका मानिसको लागि पनि पुषको महिना अशुभ नै रहनेछ। आफ्नो कार्य योजना अरुलाई सुनाउँदा खुट्टा तान्नेको कमी कतै हुनेछैन। झन्झटिलो काममा संलग्न हुनुपर्ने स्थिति पनि उत्पन्न हुनसक्छ। परिवारका सदस्यसँग मनमुटावको स्थिति बन्नसक्छ।

मकर राशि 

तपाईंलाई यो महिना भर आर्थिक समस्याले सताउन सक्छ। स्वास्थ्यमा पनि समस्या देखा पर्ने हुँदा अत्यन्त सावधान र सजग रहनुहोला। प्रेम सम्बन्धमा मनमुटाव हुनुका साथै सम्बन्ध पनि कमजोर हुनसक्छ। महिनाको अन्त्यतिर भने रमणीय यात्राको सम्भावना रहनेछ। तपाईंले यो समयमा अनुकूल समयमा राम्रो निर्णय लिन सक्नुहुनेछ।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१२:५७

अबको एक महिना यी ५ राशिलाई अत्यन्त शुभ, कुन-कुन ?