‘अहिले नजितेपनि सलाहले भविष्यमा बालोन डी’ओर पक्कै जित्छन्’

एजेन्सी – लिभरपुलका पूर्वखेलाडी ताइवो अवोनियीले मोहम्मद सलाह भविष्यको बालोन डी’ओर विजेता रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा अवोनियीले यस वर्ष बालोन डी’ओरमा सातौं भएका सलाहले भविष्यमा बालोन डी’ओर जित्ने बताएका हुन्।

खेल मिडिया गोलसँग कुराकानी गर्नेक्रममा सलाह लियोनेल मेस्सी र रोबर्ट लेवान्डोस्कीकै स्तरमा रहेको बताए। सलाह एकदमै अनुभवी खेलाडी रहेको र उनी अझै अगाडी बढ्ने अवोनियीको भनाई छ।

अवोनियीले लिभरपुलमा हुँदै सलाहसँगै खेलेका थिए। सलाहसँग खेलेको अनुभव सुनाउँदै अवोनियीले सलाह धेरै नै मिहिनेत गर्ने खेलाडी भएको बताए। उनका अनुसार सलाहको अनुभवले अहिले आएर कमाल गर्न थालेको अवोनियी बताउँछन्।

“सलाह प्रशिक्षणमा सबै दिन्छन्। उनको अनुभवले काम गरिरहेको छ। चेल्सी, रोमा हुँदै लिभरपुलमा आएका उनी अहिले शिर्ष लयमा छन्। भन्ने हो भने उनी अहिले मेस्सी, लेवान्डोस्कीकै स्तरमा छन्।”,अवोनियीले भने।

सलाह आफ्नो र आफ्नो क्लबको लागि धेरै गर्न चाहने खेलाडी रहेको पनि अवोनियीले बताए। उनले भने,”उनी सबै गर्छन्। उनी जस्तो खेलाडीसँग काम गर्न पाउनु ठूलो कुरा थियो। भन्ने नै हो भने सलाह अहिले फुटबलको उच्च स्तरमा छ्न्।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८१९:३४

“सलाह पिएसजी देखि टाढै बसेको राम्रो, झुक्किएर पनि जानु हुँदैन”