यी ३ राशिको जीवनमा कहिले पनि हुनेछैन धनको कमी , सधैँ रहनेछन् मालामाल !

ज्योतिष शास्त्रमा राशिफललाई चार तत्त्वमा विभाजन गरिएको छ । यी चार तत्त्व हुन् अग्नि, पृथ्वी, वायु र जल। मेष, सिंह र धनुलाई अग्नि तत्वमा राखिएको छ त्यसतै वृष, कन्या र मकर पृथ्वी तत्त्वमा पर्दछन् भने कर्कट, वृश्चिक र मीनलाई जल तत्वमा राखिएको छ । यी मध्य पृथ्वी तत्त्व को ज्योतिष सँग गहिरो सम्बन्ध रहेको छ । पृथ्वी तत्वको वृष, कन्या र मकर राशिलाई बुध ग्रहसँग नजिकको सम्बन्ध रहेको मानिन्छ। यी राशिका मानिस धनी र सुन्दर हुने मान्यता रहेको छ ।

वृष राशि

शुक्र वृष राशिको स्वामी हो । साथै यस राशिका मानिसहरुका लागि चन्द्रमा निकै बलियो स्थानमा रहन्छ । यसका साथै चन्द्रपछि बुध ग्रहको प्रभाव पनि यस राशिका मानिसहरुमा हुन्छ । शुक्र र बुधको प्रभावको कारण यस राशिका व्यक्तिहरू साहसी, आत्मविश्वासी र धनको मामिलामा अरूभन्दा अगाडि हुन्छन्। तर, यो राशिका मानिस जिद्दी र क्रोधित स्वभावका हुन्छन् ।

कन्या राशि

 

पृथ्वी तत्वको कन्या राशिको स्वामी बुध हो। ज्योतिषशास्त्र अनुसार कन्या राशि पृथ्वी तत्वको सबैभन्दा ठूलो राशि हो। बुध ग्रहको प्रभावका कारण यस राशिका व्यक्तिहरूमा चलाख, वक्तृत्व र व्यवस्थापनका गुणहरूले पूर्ण हुन्छन्। यस बाहेक यस राशिका मानिसहरु धनको मामिलामा अरु भन्दा अगाडि हुन्छन् । यद्यपि स्वार्थी प्रवृत्ति यस राशिको सबैभन्दा ठूलो कमजोरी हो। कन्या राशिका मानिसहरूका लागि ओपल वा हिरा धारण गर्नु शुभ मानिन्छ।

मकर राशि

 

मकर राशिको स्वामी शनि हो। यस राशिमा बुध बलवान रहन्छ। जसका कारण यो राशिका मानिस बुद्धिमान हुन्छन् । बुध ग्रहको प्रभावका कारण यस राशिका व्यक्तिहरूलाई अवसरवादी, चलाख र धनी मानिन्छ। साथै यी राशिका व्यक्तिहरूमा अहंकार सबैभन्दा ठूलो कमजोरी हो। यस बाहेक मकर राशिका मानिसहरु आफ्नो विषयमा माहिर हुन्छन् । यस राशिका लागि सूर्यको उपासना गर्नु शुभ मानिन्छ ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८१६:१९

भोलि पुष ३ गते शनिबार ,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !