एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले लियोनेल मेस्सीलाई टेलिभिजनमा देख्नु र सँगै खेल्न पाउनुमा धेरै अन्तर रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले मेस्सीलाई टेलिभिजनमा देख्नु र सँगै प्रशिक्षणमा सहभागी हुन पाउनुमा धेरै भिन्न कुरा रहेको बताएका हुन्।
पिएसजीको आफ्नै टेलिभिजन स्टेशनसँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले मेस्सी जस्तो खेलाडीको उपस्थितले धेरै कुरा सिकाउने बताए। १५ वर्ष बार्सिलोना जस्तो क्लबमा बिताएका मेस्सीसँग काम गर्न पाउँदा एम्बाप्पे आफूलाई भाग्यमानि ठान्छन्।
“बार्सिलोनामा १५ वर्ष बिताएका मेस्सीजस्तो खेलाडीले यहाँ आएर भिन्न कुरा देखाइरहेका छन्। उनीसँग खेल्न पाउनु खुशीको कुरा हो। उनलाई टेलिभिजनमा हेर्नु र सँगै प्रशिक्षण गर्नुमा धेरै फरक रहेछ।”,एम्बाप्पेले भने।
त्यस्तै एम्बाप्पेले मेस्सी, नेयमार, डि मारिया जस्ता खेलाडीको वरीपरी हुँदा मात्रै पनि धेरै कुरा सिकिने बताए। यस्ता खेलाडीहरुसँग खेलाडी धेरै सहयोग पुग्ने एम्बाप्पेको भनाई छ।
उनले भने,”तपाईंको वरिपरि उत्कृष्ट खेलाडीहरू हुनुले तपाईंलाई फाइदा पुर्याउँछ। म अहिले नेयमार, मेस्सी, डि मारिया जस्ता खेलाडी भएको टीमसँग खेल्छु। यसबाट मलाई धेरै मलाई मद्दत मिलिरहेको छ।”
सो अन्तर्वार्ताका क्रममा एम्बाप्पेले आफू पिएसजीबाट फ्रेन्च लिगका साथ-साथै च्याम्पियन्स लिग जित्न आफू कटिवद्ध रहेको पनि बताए। व्यक्तिगत रुपमा धेरै गोल गर्ने भन्दा पनि टीमको रुपमा च्याम्पियन्स लिग जित्ने कुरा सबै भन्दा बढी महत्वपूर्ण हुने एम्बाप्पेको भनाई छ।
“गत वर्ष मेरो लागि राम्रो थियो, मैले ४० गोल गरेको थिएँ। तर हामीले न त लिग वान जित्न सक्यौं, न त च्याम्पियन्स लिग नै।”,एम्बाप्पेले भने। एम्बाप्पेले व्यक्तिगत रुपमा जति नै सफल भएपनि टीमको रुपमा उपाधि जित्न नसक्नुको अर्थ नहुने बताए।

