एजेन्सी – लियोनेल मेस्सीको गोल युइएफए च्याम्पियन्स लिग समूह चरणको उत्कृष्ट गोल चुनिएको छ। मेस्सीले च्याम्पियन्स लिग समूह चरणको खेलमा म्यानचेस्टर सिटी विरुद्ध गरेको गोल समूह चरणको उत्कृष्ट गोल चुनिएको हो।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गत सेप्टेम्बरमा भएको खेलमा पिएसजीले सिटीलाई २-० को गोल अन्तरले पराजित गरेको थियो। सो क्रममा मेस्सीले पनि गोल गरेका थिए। मेस्सीले सो गोल युवा स्टार किलियन एम्बाप्पेको पासमा गरेका थिए।
कसरी गरेका थिए गोल ?
https://twitter.com/AnkurMessi_/status/1471812907058937858
मेस्सीले पिएसजीका सहकर्मीबाट प्राप्त भएको बललाई मैदानको बीचबाट अगाडी बढाएका थिए। सिटीका खेलाडीहरुलाई बिट गर्दै बढाएको उक्त बल पेनाल्टी बक्स भित्र रहेका एम्बाप्पेलाई पास गर्दा एम्बाप्पेले उल्टै मेस्सीलाई पास गरेका थिए। मेस्सीले पेनाल्टी बक्स भन्दा बाहिरबाट गरेको प्रहारले गोलपोस्ट चुमेको थियो।
च्याम्पियन्स लिगमा मेस्सी
पिएसजीले च्याम्पियन्स लिगको समूह चरणमा ६ खेल खेल्दा मेस्सीले मात्र १ खेल गुमाए। अन्य ५ खेलमा भने मेस्सीले खेल्न सके। समूहचरणका ५ खेल खेल्दा उनले ५ गोल गरेका छन्।
समूह ‘ए’को उपविजेता हुँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरिसकेको छ। अन्तिम १६ बाट अगाडी बढ्न पिएसजीले स्पेनिस महारथीको सामना गर्नुपर्नेछ।

