यी खेलाडीलाई एम्बाप्पे देख्दा आउँछ ब्राजिलियन रोनाल्डोको झल्को !

एजेन्सी – एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिकले किलियन एम्बाप्पे देख्दा आफूलाई ब्राजिलियन रोनाल्डोको याद आउने बताएका छन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ज्लाटनले एम्बाप्पेले ब्राजिलियन रोनाल्डोको झल्को दिने बताएका हुन्।

सिरी ‘ए’मा नापोलीको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ज्लाटनले एम्बाप्पेलाई ब्राजिलियन रोनाल्डोसँग तुलना गरे। एम्बाप्पे रोनाल्डोले जस्तै सुन्दर फुटबल खेल्ने खेलाडी रहेको बताए। ज्लाटनले आफू अन्य खेलाडीले के सोचिरहेको छ भन्ने कुरा बुझ्न सक्ने पनि बताए।

“तपाई एक फुटबल खेलाडी हुनुहुन्छ भने अर्को खेलाडी के सोचिरहेको छ थाहा पुन सक्नु हुन्छ। तपाईलाई उसको चाल-ढाल सबै थाहा हुन्छ।”,ज्लाटनले भने,”मलाई ती खेलाडीहरू मन पर्छ जसलाई म हेर्दा-हेर्दै बुझ्न सक्छु।”

ज्लाटनका अनुसार एम्बाप्पे रोनाल्डोले जस्तै सुन्दर फुटबल खेल्छन्। उनले भने,”मलाई लाग्छ एमबाप्पे रोनाल्डो द फेनोमेनो जस्तै छन्। उनी आफ्नो खेलमा धेरै सुन्दर छन्।”

त्यस्तै ज्लाटनले अर्का युवा स्ट्राइकर एर्लिंङ हालाण्ड बारे पनि बोलेका छन्। पत्रकारहरुसँग बोल्दै ज्लाटनले हालाण्ड गोल भने पछि मरिहत्ते हर्ने खेलाडी रहेको बताए। गोल गर्ने हालाण्डको तिब्र चाहनाले नै उनलाई उत्कृष्ट बनाइरहेको ज्लाटनको भनाई छ।

केहि खेलाडीहरु आफ्नो क्षमता भन्दा धेरै सोच्ने गरेपनि हालाण्ड त्यस्तो खेलाडी नरहेको ज्लाटन बताउँछन्। हालाण्ड गोल गर्ने क्षमता भएकै कारण गोल भनेपछि मरिहत्ते गर्छन् भन्ने ज्लाटनको बुझाई छ।

उनले भने,”केहि खेलाडीहरु आफ्नो क्षमता नभएपनि धेरै राम्रो गर्न सक्छु भनेर सोच्छन्। तर हालाण्ड त्यस्तो छैनन्। उनी गोल गर्न सक्छन् र त उनी गोल भनेपछि मरिहत्ते गर्छन्।”

प्रकाशित : शनिबार, पुष ०३, २०७८१४:२८

अन्ततः बार्सिलोना जान तयार भए काभानी !