रियल नजाने भए हालान्ड !

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डले अर्काे समरसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्ड छाड्ने बताइसकेका छन् । हालान्डको यो अभिव्यक्तिसँगै सुपर एजेन्ट मिना राइओलाले गत साता हालान्डको नयाँ गन्तव्यको सम्भावित सुचीमा क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिड पनि रहेको बताएका थिए ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले हालै राइओलासँग भेट गरेपनि रियल म्याड्रिडका कुनै पनि प्रतिनिधिसँग भेट गरेका छैनन् । रियले हालान्डसँग के भइरहेको छ भनेर मात्रै निगरानी गरिरहेको छ ।

हालान्डलाई अनुबन्ध गर्न इच्छुक भएपनि रियल यस विषयमा खुलिसकेको छैन । लस ब्लान्कोसलाई थाहा छ कि उनीहरुले म्यानचेस्टर सिटी वा पिएसजीले जस्तो आर्थिक मामलामा प्रतिस्पर्धा गर्न कठिन छ ।

तर, रियल आफ्नो संयम गुमाउन इच्छुक छैन । यसैबीच क्लबको विश्वास छ कि फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको सम्भावित आगमनपछि टोलीको अग्रपंक्ति थप मजवुत हुनेछ । एमबाप्पेको आगमनपछि करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो गोएस र मार्काे एसेन्सिया सहितको शक्तिशाली आक्रमण बन्नेछ ।

हालान्डले रियल म्याड्रिडको खेलको धेरै पक्षहरुमा योगदान पुर्याउन सक्छन् । तर बेन्जेमा रियलमा एक निर्विवाद स्टारको रुपमा अघि रहेका छन् । सोही कारण रियललाई तत्काल कुपल फरवार्डको आवश्यकता छैन । किनकि कार्लाे एन्सेलोटीको प्रशिक्षणमा बेन्जेमाले लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

बेन्जेमाले यो सिजन ला लिगाको १६ खेलमा १३ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा रहेका छन् । उनले ७ असिस्ट पनि दिएका छन् । बेन्जेमाले यो सिजन २१ ख्ेलमा १८ गोल गरिसकेका छन् ।

प्रकाशित : शनिबार, पुष ०३, २०७८१५:४४

सलाह र मेस्सी भन्दा बढी गोल गरेका भ्लाहोभिक माथि सबैको नजर, यी क्लब बीच हुने भयो कडा टक्कर !