काठमाडौँ : हरेक महिना ग्रहहरुका स्थितिमा परिवर्तन आउँछ तर सबैको ध्यान बितेको वर्ष र नयाँ वर्षमै रहन्छ। सन् २०२१ को अन्तिममा यानी डिसेम्बर ३०(पौष १५ गते) मा शुक्र ग्रहले आफ्नो राशि परिवर्तन गर्नेछ। भौतिक सुख-सुविधा, धन, उन्नति र दाम्पत्य जीवनमा प्रत्यक्ष प्रभाव पार्ने शुक्र डिसेम्बर ३० मा मकर राशिबाट निक्लिएर धनु राशिमा प्रवेश गर्नेछ।
शुक्र पुष १५ गते बिहीवार वक्री चालमा धनु राशिमा आउनेछ र फागुन १५ गते(२७ फेब्रुअरी) सम्म यहीँ राशिमा रहनेछ। यो समयावधि ४ राशिका व्यक्तिहरुका लागि अत्यन्तै शुभ साबित हुनेछ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकको लागि शुक्रको यो गोचर अत्यन्तै लाभदायक साबित हुनेछ। उनीहरुले आफ्नो करियरमा अत्यधिक प्रगति पाउनेछन् र अथाह धन लाभ गर्नेछन्। यिनीहरुले नयाँ वर्षको लागि बनाएका लक्ष्य तथा योजनाहरु पूरा हुनेछ। विद्यार्थी लाभान्वित हुनेछन् ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका जातकलाई शुक्रको राशि परिवर्तनले ठुलो आर्थिक लाभ दिनेछ। पैसाको अभावको कारण अहिलेसम्म कामहरु अब छिट्टै पूरा हुनेछ। आर्थिक अवस्था मजबूत हुनेछ। साथै शुक्रको कृपाले सबैमा राम्रो प्रभाव पार्नेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका जातकको लागि धनु राशिमा वक्री शुक्रको प्रवेशले करियरमा राम्रो प्रगति ल्याउनेछ। बेरोजगारले रोजगारी पाउनेछन्। धन लाभ हुनेछ। आर्थिक स्थितिमा मजबूती आउनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका जातकको लागि पनि यो समय शानदार रहनेछ। धेरै धन लाभ हुनेछ। आयश्रोत बढ्नेछ, जसले आर्थिक अवस्था मजबूत बनाउनेछ। नयाँ कामको थालनी गर्नहुनेछ, जसमा धेरै सफलता पाउनुहुनेछ।