यी राशिमा बन्यो यस्तो खतरनाक योग, सबै राशिमा पर्नेछ यसको प्रभाव !

अहिलेको समयमा मंगल वृश्चिक राशिमा प्रवेश गरेको छ । मंगल वृश्चिक राशिमा प्रवेश गर्दा केतु र मंगलको अंगारक योग बनेको छ , यस अंगारक योगलाई ज्योतिषमा अशुभ मानिन्छ । केतु-मंगलको संयोगबाट बन्ने यो खतरनाक मानिने अंगारक योगले सबै राशिमा प्रभाव पार्ने भएको छ । जान्नुहोस् अंगारक योगले १२ वटै राशिमा कस्तो प्रभाव पार्छ ।

मेष राशि

यस दोषको प्रभावको कारण मेष राशि भएका मानिसलाई स्वास्थ्य समस्या निम्त्याउन सक्छ। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुपर्छ । मेष राशि भएका महिलालाई यस समयमा विभिन्न समस्या हुन सक्छ ।

वृष राशि

जीवनसाथीसँग विवाद हुनसक्छ । साथै व्यापारमा साझेदारसँग केही कुराको समाधान गर्ने क्रममा विवाद हुन सक्छ। सामाजिक जीवनमा विभिन्न समस्यामा पर्न सकिन्छ ।

मिथुन राशि

यस राशि परिवर्तनको समयमा स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नुपर्नेछ। साथै काम गर्ने व्यक्तिहरूसँग कार्यस्थलमा मतभेद हुन सक्छ। खर्च लागत पनि बढ्नेछ।

कर्कट राशि

यस राशि परिवर्तनको कारण मकर राशिको लागि काम वा व्यवसायमा असर पर्नेछ। कार्य सम्पादन समयमा नहुँदा समस्या आउनेछ । साथै प्रेम जीवनमा पनि समस्याको सामना गर्नुपर्नेछ।

सिंह राशि

यस राशि परिवर्तनको समयमा यस सिंह राशिका व्यक्तिहरूले सम्पत्ति सम्बन्धी समस्याको सामना गर्नुपर्नेछ। यस समस्याका कारण जीवनमा अशान्तिको वातावरण आउनेछ।

कन्या राशि

कन्या राशि भएका मानिसले यस समयमा कुनै पनि नयाँ काम गर्नबाट टाढा रहनुहोला । दाजुभाइसँग जमिनको विषयमा विवाद हुनसक्छ । व्यापारमा ऋणको समस्याले सताउनेछ।

तुला राशि

यस समयमा तपाईलाई आर्थिक समस्याले सताउन सक्छ । यस राशि परिवर्तन अवधिमा तुला राशि भएका मानिसले कुनै पनि नयाँ क्षेत्रमा लगानी नगरेको उचित हुनेछ ।

वृश्चिक राशि

राशि चक्रमा मंगल-केतुको मिलनका कारण यस राशिमा अंगारक योग बन्ने बनेको छ । जसको असर व्यक्तिगत जीवनमा पर्नेछ । क्रोधका कारण धेरै काममा हानि हुनेछ । त्यसैले रिसलाई नियन्त्रण गर्नुहोला ।

धनु राशि

अंगारक दोषले यस राशिका लागि आर्थिक समस्या सिर्जना गर्नेछ। यस अवधिमा खर्चमा ठूलो वृद्धि हुनेछ। साथै, अधिकांश खर्च स्वास्थ्यसँग सम्बन्धित हुनेछ।

मकर राशि

अंगारक योगको दोषका कारण पनि यस राशिका मानिसहरूलाई धेरै समस्या आउने भएको छ । तपाईले चाहेको काम पाउनुहुनेछैन। दाजुभाइ वा दिदीबहिनीसँग मतभेद रहनेछ। घरजग्गाको काममा सावधानी अपनाउनुहोला ।

कुम्भ राशि

कुम्भ राशिको लागि यस योगको कारण जनवरी १६ सम्म यो खतरनाक योग रहनेछ। कुनै पनि नयाँ परियोजना सुरु गर्नबाट टाढा रहनुहोस्। बाबुसँगको सम्बन्धमा सावाधना रहनु होला ।

मीन राशि

यस अंगारक योगले यात्रामा समस्या सिर्जना गर्नेछ। साथै धार्मिक कार्यबाट टाढा रहनु हुनेछ । दाजुभाइसँगको सम्बन्धमा फाटो आउन सक्छ । साथै पेट सम्बन्धि समस्याले सताउने छ ।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१५:०२

राहु-केतुको अशुभ प्रभावले निम्त्याउँछ परिवारमा तनाव र कलह, यस कुराले बनाउनुहोस् घरलाई शान्त !