रोनाल्डोको रेकर्ड माथि भ्लाहोभिकको धावा, तोडेरै छाड्ने भए !

एजेन्सी – फियोरेन्टिनाका युवा स्ट्राइकर डुसान भ्लाहोभिकले क्रिस्टियानो रोनाल्डोको रेकर्ड माथि धावा बोलेका छन्। सन् २०२० मा रोनाल्डोले बनाएको एक रेकर्ड माथि भ्लाहोभिकले धावा बोलेका हुन्।

सन् २०२० मा क्रिस्टियानो रोनाल्डोले सिरी ‘ए’मा ३३ गोल गरेका थिए। रोनाल्डोको उक्त गोल संख्या सिरी ‘ए’ यताकै सर्वाधिक रहेको थियो। सन् १९६० पछि कुनै पनि खेलाडीले एकै वर्षमा यति ठूलो संख्यामा गोल गर्न सकेका थिएनन्। तर डुसानले सन् २०२१ मा गोल संख्या ३३ पुर्याएका छन्।

आइतबार सासुओलो विरुद्धको खेलमा फियोरेन्टिनाले बराबरी खेल्यो। त्यसक्रममा भ्लाहोभिकले पनि गोल गरेका थिए। त्यससँगै उनले रोनाल्डोको रेकर्डसँग बराबरी खेले। सिरी ‘ए’मा फियोरेन्टिनाले यस वर्ष एक खेल खेल्न बाँकी छ। बुधबार राति भेनोरा विरुद्धको खेलमा गोल गर्न सके उनले रोनाल्डोको रेकर्ड तोड्नेछन्। सन् १९६० पछि एकैवर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।

सिरी ‘ए’ छाड्न सक्ने सम्भावना

भ्लाहोभिक निसन्देह यस वर्षका ब्रेकआउट स्टार हुन्। अहिले उनी माथि धेरै क्लबको नजर छ। भ्लाहोभिकका लागि ठूला भन्दा ठूला क्लबको टक्कर हुने स्पष्ट छ। भ्लाहोभिकलाई भित्र्याउन कुनै पनि क्लबले १ सय मिलियन युरो सम्म खर्च गर्नुपर्ने अवस्था बन्न सक्छ।

बताइएअनुसार, भ्लाहोभिक भित्र्याउनको लागि आर्सेनल र टोटेनह्याम दुवै तयारी अवस्थामा बसेका छन्। दुवै क्लब खुलेर खर्च गर्ने अवस्थामा रहेका छन्। तर दुवै क्लबलाई प्रिमियर लिग क्लब न्यूक्यासलले टक्कर दिने अवस्था बनिरहेको छ। भ्लाहोभिकलाई भित्र्याउन न्यूक्यासल १ सय मिलियन भन्दा बढी खर्च गर्न तयार भैसकेको छ। त्यस्तै उनी माथि म्यानचेस्टर युनाइटेडको समेत नजर रहेको छ।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१३:५८

रोनाल्डोका कारण तीन खेलाडी युनाइटेडबाट ‘आउट’ ! को-को ?