टोटेनहमलाई युइएफएको झड्का, युरोपा कन्फ्रेन्स लिगबाट आउट !

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोभिड –१९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले ३-० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो ।

युइएफएले कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल नै रद्द गरिएको बताए । कोरोनाका कारण ९ डिसेम्वरमा रेनेससँग हुनुपर्ने खेल स्थगित भएको थियो । उक्त खेल टोटेनहमका खेलाडीमा कोरोना संक्रमण देखिएका कारण यूईएफएले नै स्थगित गरेको थियो ।

लिग चरणको अन्तिम खेल खेल्न फ्रान्सेली क्लब रेनेस लन्डन पुगेको थियो । खेल हुनुभन्दा एक रात अघि मात्रै रेनेसलाई खेल स्थगित भएको जानकारी दिएको थियो । टोटेनहमले रेनेस राजि भएको अवस्थामा फ्रान्समै गएर खेल्ने बताएपनि फ्रान्सेली क्लबला इच्छा व्यक्त गरेन ।

युइएफएले प्रतियोगिता नियमावलीको जे ३.१ को नियमअनुसार रेनेसलाई ३–० को जितसहित ३ अंक दिलाएको छ । युइएफएको यो निर्णयले रेनेस समूह ‘जी’ मा ११ अंक जोडेर समूह विजेता बन्यो ।

भिटेस १० अंक जोडेर दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्न सफल भएको छ । टोटेनहम ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो । यो नतिजाले भिटेसेले अब अर्काे चरण प्रवेशका लागि र्यापिड वेनसँग १७ र २४ फेब्रुअरीमा खेल्नेछ ।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१९:१५

“मेस्सीलाई लिएर तर्क-वितर्क फुटबल बारे केहि थाहा नहुने मात्र गर्छन्”