पेरिस सेन्ट जर्मेनमा खराब सुरुवात गरेपछि लियोनल मेस्सीलाई हालसम्मको लिग १ को सिजनको उत्कृष्ट ११ बाट बाहिर राखिएको छ, जसमा आर्सनलबाट लोनमा रहेका मार्सेलीका विलियम सलिबा भने रहेका छन्।
पीएसजी खेलकुद निर्देशक लियोनार्डोले यस सिजन फ्रान्सको राजधानीमा मेस्सीको प्रभावको प्रशंसा गरे पनि मेस्सीलाई लेस पेरिसियन्सको सबैभन्दा बलियो इलेभेनबाट बाहिर राखिएको छ। गत महिना कीर्तिमानी विस्तारक सातौं पटक ब्यालोन डी ओर अवार्ड प्राप्त गरेका पूर्व बार्सिलोना कप्तानले फ्रेन्च लिगमा आशा गरिएको भन्दा निकै फितलो प्रदर्शन गरिरहेका छन्।
अर्जेन्टिनाका सुपरस्टारले बार्सिलोनाबाट आफ्नो हाइ-प्रोफाइल समर ट्रान्सफर पछि सिजनको सुरुवाती महिनाहरुमा फ्रान्सेली फुटबलमा घुलमिल हुन संघर्ष गरेको प्रष्ट रूपमा देख्न सकिन्छ। सन् २००७/०८ सिजन पछि पहिलो पटक घरेलु लिगमा २० गोल गर्न नसक्ने डरको बीचमा उनले फ्रेन्च लिगमा पीएसजीका लागि सुरुवाती १० खेलमा अहिलेसम्म एक मात्र गोल गर्न सफल भएका छन्।
मेस्सीका चार टिममेट यस सिजनको लिग १ को सबैभन्दा बलियो ११ मा छनोट भएका छन्, जसमा ६ फरक टोलीका खेलाडीहरु रहेका छन्। मार्सेलीको टोलीका तीन खेलाडीहरू छन् भने मोन्टपेलियर, लेन्स, रेनेस र ब्रेस्टको टोलीमा एक-एक खेलाडी छन्। टोलीमा पीएसजीको चार खेलाडीहरुमा डिफेन्डर प्रेस्नेल किम्पेम्बे, विंग ब्याक एक्राफ हाकिमी, मिडफिल्डर इड्रिसा गेए र सुपरस्टार स्ट्राइकर किलियन एमबाप्पे छन्।
मार्सेलीका सेन्ट्रल डिफेन्डर विलियम सलिबाका साथै बौबाकर कामारा र डिमिट्री पायेट पनि टोलीमा समावेश छन्। ४-३-२-१ को फर्मेशनमा रहेको टोलीमा पायेट र ब्रेस्ट स्टार रोमेन फाभ्रे एक्लो स्ट्राइकर एमबाप्पेसँगै टोलीमा दुई आक्रमणकारी खेलाडी हुन्।
यस्तो छ फुटबल अबजरभेटरीले सार्वजनिक गरेको हालसम्मको फ्रेन्च लिगको उत्कृष्ट ११:-
गोलकिपर: जोनस ओम्लिन (मोन्टपेलियर)
डिफेन्डर: एक्राफ हाकिमी (पीएसजी), प्रेस्नेल किम्पेम्बे (पीएसजी), नायेफ अगुएर्ड (रेनेस), विलियम सलिबा (मार्सेली)
मिडफिल्डर: बौबाकर कामारा (मार्सेली), डिमिट्री पायेट (मार्सेली), सेको फोफाना (लेन्स), इड्रिसा गेए (पीएसजी), रोमेन फाभ्रे (ब्रेस्ट)
फरवार्ड: किलियन एम्बाप्पे (पीएसजी)