लियोनल मेस्सी र अर्जेन्टिना अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भइसकेका छन्। एक पटक फेरि, सबैको नजर सुपरस्टार प्लेमेकरमा हुनेछ जसले २०२२ मा प्रतिष्ठित पुरस्कार पछ्याउँदै गरेको अर्जेन्टिनी टोलीको नेतृत्व गर्नेछन्।
यस्तोमा अर्जेन्टिनाका पूर्व स्टार जाभियर मास्केरानोले लियोनल मेस्सीको विश्वकप प्रतियोगितामा सम्भावित सहभागिताबारे टिप्पणी गरेका छन्। ३७ वर्षीय पूर्व लिभरपुल तथा बार्सिलोना खेलाडीले प्रतियोगितामा मेस्सीले कसैलाई केही पनि प्रमाणित गर्नु नपर्ने दाबी गर्दै आफ्ना पूर्व सहकर्मीमाथि अपेक्षाको बोझ कम गरेका छन्।
पूर्व बार्सिलोना कप्तान करियरको सम्भवत अन्तिम विश्वकपका लागि तयारी गर्दै गर्दा मास्केरानोले मेस्सीले आफ्नो करियरमा गरेका अनेक उपलब्धिका बारेमा प्रशंसा गरेका छन्। एएससँग कुरा गर्दै, ३७ वर्षीयाले भने, “कसलाई थाहा छ यो उसको अन्तिम विश्वकप हो कि होइन? यो उनले नै निर्णय गर्नेछन्। मेस्सीले आफ्नो करियरमा अतुलनीय कुराहरू हासिल गरेका छन् र अझै हासिल गर्न जारी राख्छन्। उनले आफूलाई कसैसँग तुलना गर्ने प्रयास गर्दैनन्, उनी केवल आफ्नो बाटो तय गर्छन्।”
त्यसपछि मास्केरानोले लियोनल मेस्सीले अर्को वर्ष विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्नु सबै अर्जेन्टिनाका लागि ठूलो सुअवसर भएको स्वीकार गरे। यद्यपि बार्सिलोनाका पूर्व सेन्टर ब्याकले आफ्ना पूर्व सहकर्मी प्रतियोगितामा सफल हुने विश्वस्त रहेका छन् तर उनले लियोसँग प्रमाणित गर्न केही नभएको दाबी गरेका छन्।
“अर्जेन्टिनाका लागि यो सम्मानको कुरा हो कि उनले [मेस्सी] हाम्रो लागि खेल्छन्। सबै अर्जेन्टिनी यहि चाहन्छन् कि उनी यो उपाधि जित्न सफल हुन्। तर उनलाई कुनै पनि प्रकारले आफूलाई प्रमाणित गर्न आवश्यक छैन,” उनले थपे।