पीएसजीमा एम्बाप्पे सन् २०५० सम्म !

पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार किलियन एम्बाप्पेले सोमबार निकै रमाइलोका साथ आफ्ना टिममेटसँगै आफ्नो २३ औं जन्मदिन मनाए। यद्यपि उनीहरूले फ्रेन्च स्टारका साथीहरुले उनलाई नवीकरण जर्सीका साथ ट्रोल गरे।

फ्रेन्च क्लबमा पूर्व मोनाको स्टारको भविष्य अझै पनि अनिश्चित रहेको छ। पीएसजीमा हाल उनको सम्झौता यसै सिजनको अन्तिमबाट सकिनेछ। तर उनले क्लबसँग आफ्नो सम्झौता थप गर्न सहमति जनाएका छैनन्। यस्तोमा २३ वर्षीय स्टार आउँदो जनावरीबाट कुनै पनि क्लबसँग नि:शुल्क ट्रान्सफरका लागि पूर्व-सम्झौता गर्न सक्नेछन्। उनले नाम लामो समय देखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिदै आएको छ।

यस्तोमा एम्बाप्पेका टिममेटले उनको जन्मदिनमा एम्बाप्पेको जर्सीमा २०५० नम्बरका साथ फोटो खिचाएका थिए जसले फ्रेन्च-म्यानलाई उक्त विशेष वर्षसम्मको लागि आफ्नो सम्झौता विस्तार गर्न सङ्केत दिन्छ। उक्त पार्टीमा सर्जियो रामोस सहित पीएसजी टोलीका सबै स्पेनिश सदस्यहरू थिए, जबकि अकरफ हाकिमी, राफिन्हा अल्कान्टारा र केलोर नाभासलाई पनि निमन्त्रणा गरिएको थियो।

चाखलाग्दो कुरा के छ भने, सबैभन्दा महत्त्वपूर्ण अनुपस्थितिमा एमबाप्पेका साथी फरवार्डहरू थिए, नेयमार र लियोनेल मेस्सी जुआन बर्नाटले अनलाइन पोष्ट गरेको तस्विरमा देखिएनन्। एन्जल डि मारिया, माउरो इकार्डी वा लिआन्ड्रो पारेडिस पनि उक्त पार्टीमा थिएनन्।

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८१७:५८

“मेस्सीले खेलेको देख्न पाएको छौं, खुसी हुनुपर्छ: उनी जस्तो कोहि पनि छैन”