बिहेको भोलिपल्ट श्रीमतीलाई बिना मेक-अप देख्दा श्रीमान तर्सिए, डिभोर्सको गरे माग !

आजको समयमा सम्बन्ध विच्छेद नेपाली समाजमा पनि सामान्य हुँदै गएको छ। पति-पत्नी एक-अर्कासँग सुखी-खुसी छैनन् भने डिभोर्स हुनु कुनै नौलो कुरा हैन। तर कहिलेकहीं तपाईंले केहि यस्ता कुरा सुन्नु हुन्छ जसलाई विश्वास गर्न भने निकै कठिन हुने गर्छ।

सम्बन्ध विच्छेद कै कुरा गर्नुपर्दा तपाईंले पति र पत्नी बीच डिभोर्स हुनुका के-कस्ता कारण थाहा पाउनु भएको छ वा सुन्नु भएको छ। यस्तोमा आज हामी तपाईंलाई यसबारे यस्तो कारण भन्न जाँदैछौं, जुन सुनेर तपाईं पनि छक्क पर्न सक्नुहुन्छ। अफ्रिकन देश इजिप्टका एक पतिले आफ्नो पत्नीको अनुहार बिना मेक-अप हेर्न नसकेको भन्दै उनीसँग बारम्बार सम्बन्ध विच्छेदको माग गर्दै आएका छन्।

यो जोडी पति-पत्नीको सम्बन्धमा बाँधिएको अहिले मात्र एक महिना भएको छ तर पतिले आफ्नो पत्नीको प्राकृतिक अनुहार आफूले हेर्न नसकेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भेट भएको यी जोडी एक महिना अगाडी मात्र विवाह बन्धनमा बाँधिएका हुन्। फेसबुकमा निकै आकर्षक तस्बीर पोष्ट गर्ने उक्त महिलालाई भेट गर्दा पनि ती पुरुषले निकै आकर्षक पाए।

जसपछि यी दुई बीच राम्रो कुरा हुँदै गयो र कुरा विवाहसम्म पुग्यो। तर मुख्य समस्या तब आयो जब उक्त पुरुषले विवाहको भोलिपल्ट पहिलो पटक आफ्नी श्रीमतीलाई बिना मेक-अप देखे। उनले होस् उड्यो। त्यसपछि मात्र उनले थाहा पाए कि आफ्नी श्रीमतीले आफूसँग सधैं धेरै मेक-अप गरेर मात्र भेट्ने गर्थिन् तर वास्तवमा उनी निकै कुरूप रहिछिन्।

“म तीन-छक्क परेँ किनभने विवाह अघि मैले सधैं उनलाई जस्तो देखेको थिएँ, उनी कतैबाट पनि त्यस्तो देखिइनन्,” श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने, “मैले उनको फोटो फेसबुकमा देखेको थिएँ । उनले मेकअप नगरेको अनुहार र ती फोटोमा त आकाश-पातालको जस्तै विशाल फरक छ । म लुटिएं, त्यसैले म सम्बन्धविच्छेद चाहन्छु ।”

इजिप्टका विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार उक्त श्रीमानले आफ्नी श्रीमतीको अनुहार हेर्न बानी पार्न खोजे पनि कुनै हालतमा नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धविच्छेदका लागि निवदेन दिएका हुन् ।

प्रकाशित : बुधबार, पुष ०७, २०७८१५:२६

निकै दुर्लभ माछाले वैज्ञानिकलाई छक्क बनायो, हिड्ने हात पनि रहेछ ! [भिडियो]