बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की पछिल्लो दुई सिजनमा आफ्नो उत्कृष्ट गोल सङ्ख्याका साथ लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्वलाई चुनौती दिन अगाडी आएका छन्। पोल्याण्डका फरवार्डले पछिल्लो दुई सिजन प्रत्येकमा युरोपेली गोल्डेन बुट जिते र २०२१ बालोन डी’ओरको दौडमा दोस्रो स्थानमा रहे।
खेलको उच्च स्तरमा अर्को शानदार वर्षपछि रोबर्ट लेवान्डोस्कीले मेस्सी-रोनाल्डोको चिरस्थायी प्रतिद्वन्द्वीमा आफ्नो इमानदार राय दिएका छन्। पोलिस स्टारले दुबै खेलाडीको खुलेर प्रशंसा गर्दै मेस्सी-रोनाल्डोले अरु कुनै पनि खेलाडीले गर्न नसक्ने काम गरेको बताएका छन्। उनले भने, “म पेशेवर बनेदेखि मेस्सी र रोनाल्डो सबै भन्दा माथि छन्। सधैं तिनीहरू बीच द्वन्द्व भएको छ।”
त्यसपछि रोबर्ट लेवान्डोस्कीले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई एकअर्काबाट के कुराले फरक बनाउछ भनेर व्याख्या गरे। पोलिश फरवार्डले पेरिस-सेन्ट जर्मेन स्टारलाई प्राकृतिक प्रतिभा र म्यानचेस्टर युनाइटेड लिजेन्डलाई कडा परिश्रमको उत्पादनको रूपमा हेर्ने धेरैको विचारलाई प्रतिध्वनित गरेका छन्।
“तपाईं कस्तो खेलाडीलाई मन पराउनुहुन्छ भन्ने कुरा हो। प्रश्नको जवाफ गाह्रो छ। म क्रिस्टियानो रोनाल्डोको कडा परिश्रमलाई सम्मान गर्छु। लियोनेल मेस्सीका लागि सबै कुरा सजिलो देखिन्छ। मलाई लाग्छ क्रिस्टियानोले सफल हुनको लागि धेरै मेहनत गर्नुपर्छ।”
२०२१-२२ अभियान धेरै आश्चर्यका साथ सुरु भयो, लियोनल मेस्सीको बार्सिलोनाबाट पीएसजीमा स्थानान्तरण हुनु सबैभन्दा उल्लेखनीय आश्चर्य मध्ये एक हो। ७ पटकका बालोन डी ओर विजेताले फ्रान्सेली राजधानीमा करियरको सुस्त सुरुवात गरेका छन् तर हालका हप्ताहरूमा सुधारको संकेत स्पष्ट देखिएको छ। अहिलेसम्म, उनले सबै प्रतियोगिताहरूमा १५ उपस्थितिहरूमा छ गोल र पाँच असिस्टहरू दर्ता गरेका छन्।
क्रिस्टियानो रोनाल्डो, जसले पनि यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेडमा स्विच पनि पूरा गरे, आफ्नो प्रभाव महसुस गराउन कुनै समय खेर फालेनन्। पोर्चुगिज फरवार्डले यस अवधिमा सबै प्रतियोगिताहरूमा १८ खेलहरूमा रेड डेभिल्सका लागि १३ गोल र दुई असिस्टहरू रेकर्ड गरेका छन्।
यसैबीच, रोबर्ट लेवान्डोस्की भने सिजन सुरु भएदेखि नै आफ्नै स्तरमा रहेका छन्। स्ट्राइकरले अहिलेसम्म सबै प्रतियोगितामा २५ खेलमा बायर्न म्युनिखका लागि ३० गोल र तीन असिस्ट पनि प्रदान गरेका छन्।

