एजेन्सी – सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम अगाडी आएको छ। दुई सय करोड भारतीय रुपैंयाँ भन्दा बढीको सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा ज्याकलिनको पनि नाम अगाडी आएको हो।
सो मामलाको अहिले इनफोर्समेन्ट डायरेक्टरेटले जाँच गरिरहेको छ। जाँचका क्रममा सुकेशले ज्याकलिनलाई करोडौंको उपहार दिएकाले पाएको छ। सुकेशबाट ज्याकलिनले करोडौंको उपहार पाएको देखिएको भारतीय संचार माध्यमहरुको दावी छ।
विभिन्न संचार माध्यमहरुले गरेको जानकारी अनुसार ज्याकलिनले सुकेशबाट डिसेम्बर २०२० देखि अगस्ट २०२१ बीचमा करिब १० करोड भारतीय रुपैंयाँ भन्दा बढी रकमको उपहार प्राप्त गरेकी थिइन्।
सुकेशले ज्याकलिनलाई दुई जोडी डायमण्ड इयररिङ, दुई ब्रासलेट, लुईस बटनको जुत्ता, ९ लाखको चार बिरालो र ६७ लाखको घोडा जस्ता उपहारहरु दिएको बताइन्छ।
सुकेशबाट ज्याकलिनले यति ठूलो रकम बराबरको उपह्यार प्राप्त गरेको खुल्न आएसँगै ज्याकलिनको १० करोड सम्पत्ति जफत हुने सम्भावना पनि बढेको छ। इनफोर्समेन्ट डायरेक्टरेटले ज्याकलिनको १० करोड सम्पत्ति गर्न सक्ने भारतीय संचार माधमहरुको दावी छ।
खबरमा आएअनुसार, ज्याकलिन सुकेशसँग सन् २०१७ देखि सम्पर्कमा थिइन्। यति ठूलो रकम बराबरको उपहार बाहेक ज्याक्लिनकी बहिनीले सुकेशसँग डेढ लाख डलर ऋण लिएको देखिएको इडीले जनाएको छ। त्यस्तै ज्याक्लिनका भाइको खातामा १४ लाख भारतीय रुपैंयाँ सारिएको पाइएको पनि इडीको भनाई छ।
सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा ज्याक्लिनका अलावा नोरा फतेहीको नाम पनि जोडिएको छ। सुकेशले नोरालाई बीएमडब्ल्यू कार उपहारमा दिएका थिए। नोरा र ज्याकलिनका अलावा बलिउडका १० कलाकारको नाम सुकेश मामलामा जोडिएको छ ।

