एन्सेलोटीले भने – ‘बेन्जेमा अहिले रोनाल्डोकै स्तरमा छन्”

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले करिम बेन्जेमा क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको बताएका छन्। लालिगामा एथलेटिको बिल्वाओलाई पराजित गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले बेन्जेमा रोनाल्डो र एर्लिङ हालाण्डकै स्तरको रहेको बताएका हुन्।

पत्रकारहरुले सोचेको प्रश्नको जवाफ दिनेक्रममा एन्सेलोटीले बेन्जेमाको खुलेर प्रशंसा गरे। खेल पछि खेल बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरिरहेको एन्सेलोटीको भनाई छ। एन्सेलोटीले बेन्जेमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने खेलाडी रहेको बताए।

पत्रकारहरुले एन्सेलोटीलाई के बेन्जेमा अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन् भनेर सोधे। त्यसक्रममा बेन्जेमाले आफूलाई त्यस्तै लाग्ने बताए। बेन्जेमा नियमित राम्रो प्रदर्शन गरिरहेको र त्यसले नै रियललाई राम्रो अवस्थामा उभ्याएको एन्सेलोटीको भनाई छ।

“पक्कै पनि, बेन्जेमा अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन्। खेल पछि खेल उनले गोल गरिरहेका छन्। भन्ने नै हो भने उनी क्रिस्टियानो रोनाल्डो वा एर्लिङ हालाण्डकै स्तरमा छन्। बेन्जेमा फरक पार्न सक्ने खेलाडी हुन्। अहिले उनी उत्कृष्ट फर्ममा छन्।”,एन्सेलोटीले भने।

उत्कृष्ट लयमा बेन्जेमा

रोनाल्डोले छाडेपछि रियल म्याड्रिडका मुख्य स्ट्राइकर रहेका बेन्जेमा जारी सिजनमा करियरकै उत्कृष्ट फर्ममा देखिएका छन्। लालिगामा १८ खेल खेल्दा उनले १५ गोल गरिसकेका छन् भने ७ असिस्ट दिसकेका छन्। त्यस्तै च्याम्पियन्स लिगमा पनि बेन्जेमाले ५ खेलमा ५ गोल गरेका छन्।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१५:०९

हालाण्ड अनुबन्ध गर्न ४ खेलाडी बेच्न तयार भयो सिटी, जसरी पनि उछिट्याउले दाउमा !