एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड फेरान टोरेस क्याटलान क्लब बार्सिलोना जाने सम्भावना देखिएको छ । बार्सिलोनाले टोेरेसलाई ५५ मिलियन पाउन्डमा जनवरी ट्रान्सफरमा अनुबन्ध गर्ने योजना बुनिरहेको छ ।
बार्सिलोनाले ऋणका बावजुत पनि दुई क्लबबीच आपसी समझदारी मिलेको अवस्थामा टोरेस पनि बार्सिलोना जान तयार भएका हुन् । २१ वर्षीय स्पेनिस फरवार्ड टोरेस ५५ मिलियनमा बार्सिलोना पुगे उनी सिटीले बेचेको सबैभन्दा महँगा खेलाडी बन्नेछन् । यसअघि सिटीले लिरोए सानेलाई महँगो मुल्यमा बेचेको थियो ।
टोरेसको विषयमा बार्सिलोनाका प्रमुख कार्यकारी फेरान रेभर्टर र फुटबल निर्देशक माटेउ अलेमानीले गत नोभेम्वरमै सिटीको प्रशिक्षण केन्द्रको भ्रमण गरेका थिए । दुई क्लबबीचको सम्झौता अनुसार टोरेसको मुल्य ४६.७ मिलियन र बाँकी ८ मिलियन अतिरिक्त शुल्क रहेको छ । टोरेसलाई बार्सिलोनाले बेचेको अवस्थामा सिटीले ८.५ मिलियन पाउन्ड प्राप्त गर्नेछ ।
बार्सिलोनासँग ८४९ मिलियन पाउन्डको ऋणको भारी छ । यो शुल्क ३५ वर्षमा भुक्तानी गरिसक्नु पर्छ । फेरानलाई सम्झौता गर्न बार्सिलोनाँग केही नगद बाँकी छ । तर, ऋणविना यो सम्भव छैन । ला लिगाको वित्तिय नियमको कारण टोरेस अनुबन्ध भएको अवस्थामा पनि उनले सिधै खेल्न पाउने छैन ।
बार्सिलोना अझैपनि लिगको खर्चभन्दा बाहिर छ । बार्सिलोनालाई १.४ को खर्चको अनुपात छ । उनीहरुले ४ मिलियन पाउन्डमा खेलाडी ल्याउने र १३ मिलियन पाउन्डसम्म खेलाडी बेच्नुपर्ने प्रावधान छ । सन्न्यास लिइसकेका सर्जियो अगुएरोलाई बार्सिलोनाले टोलीमा राख्नेछैनन् । जोर्डी अल्वा र सर्जियो बुस्क्वेट्सले पनि तलव कटौती गर्न राजी भइसकेको छ ।
बार्सिलोना बोर्डले २०२२ मा टोरेसलाई मैदानमा खेलाउनको लागि अन्य खेलाडीको थप तलव कटौती गर्नुपर्ने हुन्छ । यसका लागि बोर्डले खेलाडीसँग वार्ता प्रक्रिया अघि बढाइसकेको छ ।
त्यस्तै, आउँदो समरमा बार्सिलोनाको प्रमुख लक्ष्य भनेको बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालाण्ड हुनेछन्। पछिल्ला समयका केहि रिपोर्टहरुलाई मान्ने हो भने पूर्व साल्सबर्ग स्ट्राइकर पनि बार्सिलोना आउन चाहेको बताइएको छ। यस्तोमा मेस्सी योगपछि जनावरीमा टोरेस र समरमा हालाण्ड अनुबन्ध गर्दै आक्रमक स्थितिमा फर्किने देखिएको छ।