नयाँ वर्ष लाग्नु अगाडी ग्रहचक्रमा उथल पुथल, यी तीन राशिलाई लाभै-लाभ !

एजेन्सी – बुद्धि, व्यवसाय, व्यवस्थापन, र संचार आदिको कारक ग्रह बुधले पुस २४(डिसेम्बर २९) मा राशि परिवर्तन गर्दैछ। त्यसदिन बिहान ११ बजेर ५५ मिनेटमा बुध धनु राशिबाट मकर राशिमा प्रवेश गर्नेछ।

बुध मकर राशिमा माघ ७ गते सम्म रहनेछ। बुध मकर राशिमा प्रवेश गर्दा राशिचक्रमा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। कुनै राशिका लागि सो प्रभाव शुभ रहनेछ भने कुनै राशिका लागि शुभ। ज्योतिषीहरुले दिएको जानकारी अनुसार बुध मकर राशिमा प्रवेश गर्दा सबै भन्दा बढी निम्न राशि हुनेहरुलाई लाभ मिल्नेछ।

वृष राशि

बुध मकर राशिमा हुँदा वृष राशि हुनेहरुको भाग्यमा विभिन्न सकारात्मक परिवर्तन हुनेछन्। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। पारिवारिक कलह पनि समाधान हुनेछन्। विशेष उपहार प्राप्त हुन सक्ला। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। आर्थिक रुपमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।

वृश्चिक राशि

बुधको राशि परिवर्तन वृश्चिक राशि हुनेहरुका लागि धेरै नै विशेष रहनेछ। बुधले राशि परिवर्तन गरेसँगै आर्थिक समस्याहरु हटेर जानेछन्। स्वास्थ्यमा पनि सुधार होला। सबै मनोकामना पूरा होलान्। नयाँ कार्य थालनीका लागि पनि बुधको राशि परिवर्तन सहयोगी हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। पराक्रम बढेर जाँदा कठिन भन्दा कठिन कार्य सफल हुनेछन्।

धनु राशि

बुधले राशि परिवर्तन गरेसँगै धनु राशि हुनेहरुको जीवनमा एक पछि अर्को सकारात्मक परिवर्तनहरु हुन थाल्नेछन्। सामाजिक प्रभाव पनि बढ्नेछ। व्यापार व्यावसायको क्षेत्रमा सफलता नै सफलता हात लाग्नेछ। प्रेम जीवनमा पनि बुधको राशि परिवर्तनले सकारात्मक प्रभाव पार्न सक्ला। नयाँ सम्बन्धहरु कायम हुनेछन्। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। साथै साझेदारीमा गरिएका कामहरुले प्रतिफल दिन शुरु गर्नेछन्।

प्रकाशित : आइतबार, पुष ११, २०७८१२:२०

वृष राशिको लागि सन २०२२: हरेक क्षेत्रमा सफलता, हुनेछ लाभै-लाभ !