एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले आफ्नो भविष्य बारे केहि महिना भित्रै निर्णय गर्ने भएका छन्। यहि जनवरीबाट कुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्नका लागि खुला रहने एम्बाप्पेले आफ्नो भविष्य बारे आउने केहि महिना भित्र निर्णय गर्ने भएका हुन्।
विभिन्न संचार माध्यमहरुले गरेको दावी अनुसार एम्बाप्पेले च्याम्पियन्स लिग अन्तिम १६ को नतिजा पछि भविष्य बारे निर्णय गर्नेछन्। एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा रहने कि रियल म्याड्रिड जाने भन्ने कुरा च्याम्पियन्स लिगको अन्तिम १६ पछि टुंगो लाग्नेछ।
च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले बलियो प्रतिद्वन्दी पाएको छ। घरेलु लिग तथा च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको स्पेनिस महारथी रियल म्याड्रिडसँग पिएसजीको सामना हुनेछ। पिएसजीले रियलको सामना दुई लेगमा गर्नेछ। रियल पहिलो खेल घरेलु मैदानमा खेलेर दोस्रो खेलमा रियलको मैदानमा उपस्थित हुनेछ। पहिलो खेल फेब्रुअरी १६ मा हुनेछ भने दोस्रो लेग मार्च १० मा हुनेछ।
२५ दिनको अन्तरमा हुने यी दुई खेलले एम्बाप्पेको भविष्य निर्धारण गर्नेछ। यदि पिएसजीले रियललाई हराउन सकेको खण्डमा एम्बाप्पेले कम्तिमा एक सिजनको लागि सम्झौता थप गर्नेछन्। तर यति पिएसजीलाई रियलले पराजित गरेको खण्डमा भने उनले रियलसँग अग्रिम सम्झौता गर्नेछन्।
एम्बाप्पे र पिएसजी बीच रहेको सम्झौता आउने जुनमा सकिँदैछ। यस्तोमा उनले आउने केहि दिनमा जुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्न सक्नेछन्। पिएसजीले एम्बाप्पेलाई क्लबमा अड्याउन विभिन्न प्रयास गरिरहेपनि सफल हुन सकिरहेको छैन। एम्बाप्पे जना चाहेकै क्लबलाई पिएसजीले च्याम्पियन्स लिगको प्रतिद्वन्दीको रुपमा पाएको छ। उक्त खेल पिएसजी र रियल दुवैका लागि महत्वपूर्ण हुनेछ।

