मिथुन राशिको लागि सन २०२२ को राशिफल अनुसार नयाँ वर्ष प्रेम जीवनका लागि उत्कृष्ट रहनेछ। प्रेम जीवनमा हरेक मोडमा सफलता मिल्नेछ। यसका साथै दाम्पत्य जीवनमा पनि परिवर्तन आउने देखिन्छ ।
मिथुन राशिका लागि सन २०२२ विशेष हुने भएको छ । राशिफल सन २०२२ अनुसार नयाँ वर्षमा मिथुन राशिका मानिसहरूलाई शनिको विशेष प्रभाव पर्ने देखिन्छ। जसको असर जागिर र व्यापारमा पनि पर्नेछ । यसका साथै नयाँ वर्ष प्रेम जीवन पनि विशेष हुने भएको छ । करियरमा मिथुन राशिका लागि नयाँ वर्षले केही विशेष परिवर्तन ल्याउनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। शैक्षिक क्षेत्रमा नयाँ वर्ष राम्रो रहनेछ । मिथुन राशिका मानिसहरुका लागि सन् २०२२ कुन-कुन अवस्थामा शुभ रहने हेर्नुहोस् ।
मिथुन राशिको प्रेमफल
मिथुन राशिका लागि नयाँ वर्ष विशेष रहनेछ। प्रेम जीवनमा हरेक मोडमा सफलता मिल्ने सम्भावना छ। प्रेम जीवन दाम्पत्य जीवनमा परिणत हुन सक्छ। यसबाहेक अविवाहितका लागि पनि विवाहको प्रस्ताव आउनेछ । विवाहितहरूका लागि नयाँ वर्ष केही समस्या सिर्जना हुन् हुन सक्छ जीवनसाथीसँग मनमुटाव हुनसक्छ । यस्तो अवस्थामा आपसी समझदारीमा आगाडी बढ्नु राम्रो हुनेछ ।
मिथुन राशिको करियर फल
नयाँ वर्ष करियरको हिसाबले मिश्रित फलादाही हुनेछ । सफलताको लागि अधिक मेहनत गर्न पर्ने हुनसक्छ । यसबाहेक काममा धैर्यता अपनाउनु पर्ने हुन्छ । साझेदारी व्यवसायमा सावधान रहनुहोस्। जागिर खोज्नेहरूका लागि अप्रिलदेखि सेप्टेम्बरसम्मको समय राम्रो रहनेछ। काममा लाभ मिल्नेछ ।
मिथुन राशिको आर्थिक राशिफल
मिथुन राशिको आर्थिक जीवनका लागि सन २०२२ अनुकूल रहनेछ। बृहस्पतिको शुभ प्रभावले आर्थिक अवस्था बलियो हुनेछ । परिवारमा खर्च बढ्नेछ । बुद्धिमानीपूर्वक खर्च गर्नुपर्छ, अन्यथा तपाईं आर्थिक समस्यामा पर्न सक्नुहुन्छ। ऋणमा समस्या आउन सक्छ।
मिथुन राशिको पारिवारिक फल
मिथुन राशिको पारिवारिक फल नयाँ वर्ष पारिवारिक जीवन शुभ रहनेछ। नयाँ वर्षमा परिवारबाट काममा पूर्ण सहयोग मिल्नेछ। यस बाहेक परिवारमा खुशीको वातावरण रहनेछ। घरमा शुभ कार्य हुनेछन्। जसबाट मन प्रसन्न रहन्छ ।