यस वर्षको अन्तिम दिन माता लक्ष्मीलाई प्रसन्न पार्नको लागि विशेष योग बनेको छ । वास्तवमा शुक्रवार धनकी देवी लक्ष्मीलाई समर्पित गरिन्छ। यससँगै यस दिन सफला एकादशी र प्रदोष व्रतको संयोग पनि परेको छ ।
सन २०२१ जस्तो भए पनि सन २०२२ बाट मानिसको धेरै अपेक्षा छन् । सबैको चाहना हुन्छ उनीहरुको आगामी नयाँ वर्ष सुखमय रहोस् । यसका साथै मानिस हरुले नयाँ वर्षबाट आर्थिक उन्नतिको अपेक्षा पनि गरेका हुन्छन् । वास्तवमा वर्षको अन्तिम शुक्रबार माता लक्ष्मीको कृपा प्राप्त गर्न विशेष संयोग बनेको छ ।
वास्तवमा शुक्रबार धनकी देवी लक्ष्मीलाई समर्पित गरिन्छ। यससँगै यस दिन सफला एकादशी र प्रदोष व्रतको संयोग पनि परेको छ । यस्तो अवस्थामा जन्नुहोस् कुन उपाय अपनाउनाले सन २०२२ मा लक्ष्मीको कृपा वर्ष भरी नै रहनेछ।
श्री यंत्र र भोजपत्र
यस वर्षको अन्तिम शुक्रबार भोजपत्रमा श्री यंत्र बनाउनुहोस्। यसपछि आफ्नो घरको उत्तर पूर्व स्थानमा पूजा स्थल बनाउनुहोस् र यो यन्त्र स्थापना गर्नुहोस्। यन्त्र स्थापना गरेपछि दैनिक पूजा गर्नुहोस्। यसो गर्नाले घरमा लक्ष्मीको वास हुन्छ । साथ-साथै धनको प्राप्ति हुने मान्यता रहेको छ ।
हत्था जोडी
यस वर्षको अन्तिम शुक्रबार हत्था जोडीलाई पूजा स्थलमा राखेर ‘धनम् देही’ मन्त्रको जप गर्नुहोस्। यसो गर्दा धन सम्पत्ति प्राप्त हुनेछ र धनसँग सम्बन्धित सबै समस्याहरू समाप्त हुनेछन्। यसका साथै “ओम लक्ष्मी यै नमः” मन्त्रले ५ वटा गोमती चक्रलाई शुद्ध गरी रातो रङ्गको कपडामा
बाँधेर घर वा पसलको तिजोरीमा राख्नुहोस्। यसो गर्दा माता लक्ष्मीको कृपा प्राप्त भइरहन्छ।