रोनाल्डोको नजरमा यी हुन् इतिहाँसका उत्कृष्ट खेलाडी, अर्का रोनाल्डो परे कि परेनन् ?

एजेन्सी – ब्राजिलका पूर्व स्ट्राइकर र दुई पटकको बालोन डी’ओर विजेता रोनाल्डो नाजारियो फुटबल इतिहाँसकै उत्कृष्ट खेलाडीहरुमा पर्छन्। विश्वकप विजेता समेत रहेका रोनाल्डोले स्पेनका प्रसिद्ध क्लब रियल म्याड्रिड र बार्सिलोना दुवैका लागि खेलेका छन्।

फुटबल इतिहाँसकै उत्कृष्ट खेलाडीको रुपमा परिचित उनी भने आफू भन्दा पनि अन्य चार खेलाडीलाई फुटबल इतिहाँसका शिर्ष खेलाडीको रुपमा लिन्छन्। रोनाल्डोका अनुसार पेले, म्याराडोना, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो फुटबल इतिहाँसका उत्कृष्ट खेलाडी हुन्।

एक अन्तर्वार्ताका क्रममा फुटबल इतिहाँसका महान् खेलाडीहरू बारे प्रश्न गरिँदा रोनाल्डोले पेले, म्याराडोना, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्ना लागि फुटबल इतिहाँसका सबै भन्दा उत्कृष्ट चार खेलाडी रहेको बताए।

“मैले भन्नु पर्दा पेले, म्याराडोना, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो चार सर्वोत्कृष्ट खेलाडी हुन्। फुटबल इतिहाँसका महान महान् खेलाडीहरूको नाम लिनुपर्दा म यी चारको नै नाम लिन्छु।”,रोनाल्डोले भने।

चोटका कारण अलि छिटो फुटबल छाड्न बाध्य भएका रोनाल्डो बारे अझै पनि चर्चा हुने गर्छ। चोटले धेरै पटक सताए पनि उनले सन् २०२२ मा ब्राजिललाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। चोट पछि चोटको शृंखलालाई पछि पार्दै रोनाल्डोले विश्वकपमा धेरै नै राम्रो प्रदर्शन गरेका थिए।

धेरै खेलाडीहरुले रोनाल्डोलाई फुटबल इतिहाँसको उत्कृष्ट खेलाडीको रुपमा लिने गरेका छन्। अहिले पनि धेरै यस्ता खेलाडीहरु छन् जो रोनाल्डोलाई प्रेरणाको श्रोत मान्छन्।

प्रकाशित : सोमबार, पुष १२, २०७८१७:०८

दिग्गज गोलकिपरले रोनाल्डो बारे के भने यस्तो ? सत्य होला त ?