रोनाल्डोले सकेनन्, काभानीले गरे युनाइटेडको उद्धार !

एजेन्सी – शिर्ष चारमा प्रवेश गर्ने योजना सहित अगाडी बढिरहेको म्यानचेस्टर युनाइटेडलाई नराम्रो झड्का लागेको छ। रेलिगेसन जोनमा रहेको क्लबसँग बराबरीमा रोकिएसँगै युनाइटेडलाई नराम्रो झड्का लागेको हो।

सोमबार राति भएको खेलमा युनाइटेड न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिन पुग्यो। खेलको शुरुवातमै पछि परेको अवस्थामा खेललाई बराबरीमा ल्याउन समेत युनाइटेडलाई हम्मे-हम्मे पर्यो।

सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीका लागि एलान सेन्ट म्याक्सिमिनले गोल गर्दै अग्रता दिलाएका थिए। उनले खेलको सातौँ मिनेटमै गोल गरेका थिए। त्यसपछि खेलको पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन सकेन।

बलमा राम्रो पकड बनाएपनि युनाइटेडका स्ट्राइकरहरुले न्यूक्यासलका डिफेन्डरहरुलाई बिट गरेर गोल गर्न सकेनन्। युनाइटेडले बलमा ६९ प्रतिशत पकड बनाएको थियो। त्यसक्रममा युनाइटेड १३ प्रहार गरेको थियो। जसमा ४ प्रहार मात्र टार्गेटमा थिए। उता न्यूक्यासलले पनि १३ प्रहार नै गरेको थियो। जसमा ८ प्रहार टार्गेटमा थिए।

काभानीले गरे उद्धार

खेलको सातौँ मिनेटमै पछि परेको युनाइटेडलाई न्यूक्यासल विरुद्ध धेरै नै हम्मे-हम्मे परेको थियो। तर इडिन्सन काभानीले खेलको ७१ औं मिनेटमा गोल गर्दै युनाइटेडको उद्धार गरे।

न्यूक्यासलसँग बराबरी खेलेसँगै शिर्ष चारमा पर्ने युनाइटेडको योजना असफल भएको छ। १७ खेलमा ८ जित र ५ हर सहित २८ अंक बनाएर युनाइटेड सातौं स्थानमा सिमित भएको छ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८०९:५१

“युनाइटेडका खेलाडीहरुलाई किच-किच गर्न र हात उठाएर गुनासो गर्न मात्र आउँछ”