युभेन्टसका फरवार्ड फेडेरिको कियेजाले म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको समर्पण र मानसिकताको प्रशंसा गरेका छन्। कियेजा २०२०-२१ सिजनको सुरुमा दुई वर्षको ऋण सम्झौतामा फियोरेन्टिनाबाट युभेन्टसमा सामेल भएका थिए।
२४ वर्षीय स्टारले बियानकोनेरीसँग आफ्नो जीवनको निकै राम्रो सुरुवात गरेका छन्। उनले गत सिजन इटालियन क्लबका लागि ४३ खेलमा १४ गोल गर्नुका साथै थप १० असिस्ट पनि प्रदान गरेका थिए। इटाली अन्तर्राष्ट्रियले युभेन्टसमा आफ्नो पहिलो सिजनमा पाँच पटकको बालोन डी’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँग ड्रेसिङ रुमा शेयर गर्ने मौका पाएका थिए।
३६ वर्षीय पोर्चुगिज स्टारले यसै सिजन म्यानचेस्टर युनाइटेडका लागि युभेन्टस छाड्दा चियेजा भने रोनाल्डोसँग खेल्न पाउँदा निकै खुसी देखिएका छन्। उनले गत सिजन क्रिस्टियानो रोनाल्डोसँग खेल्न पाएकोमा खुशी व्यक्त गरेका छन्। इटालियन स्टारले रियल म्याड्रिडका पूर्व सुपरस्टार उनको लागि निरन्तर प्रेरणा भएको पनि स्वीकार गरे।
उनले इटालियन अखबार ला रिपब्लिकालाई [फोर्जा इटालियन फुटबलमार्फत] भने: “फुटबल इतिहासको महान् च्याम्पियन मध्ये एक: क्रिस्टियानो रोनाल्डोसँग एक वर्ष बिताउन पाउँदा म भाग्यमानी थिएँ। उहाँलाई प्रत्यक्ष देख्नु, उहाँको समर्पण, उहाँको मानसिक बल, निर्णायक र हरेक परिस्थितिमा उपस्थित हुनु मेरो लागि निरन्तर प्रेरणा थियो। क्रिस्टियानो छुट्टै ग्रहमा छन्।”
क्रिस्टियानो रोनाल्डो र फेडेरिको कियेजा गत सिजन युभेन्टसमा ३४ पटक एकसाथ मैदानमा उत्रिएका थिए। यी दुई सिरी ए दिग्गजका लागि ६ गोलमा संलग्न भएका थिए। जबकि क्रिस्टियानो रोनाल्डो अब क्लबमा छैनन्, फेडेरिको कियेजा भने मासिमिलियानो एलेग्रीको टोलीका लागि एक प्रमुख खेलाडी बनेका छन्। इटाली अन्तर्राष्ट्रियले यस सिजन युभेन्टसका लागि सबै प्रतियोगिताहरूमा १६ खेलमा ६ गोलमा योगदान गरेका छन्।