शुक्र ग्रह प्रभाव: २०२२ मा लक्ष्मीले छोड्नेछिन् यी ३ राशिको साथ, कंगाल भइएला !

कुण्डलीमा शुक्रको स्थिति बलियो भएमा व्यक्तिले जीवनमा सुखको फाइदा उठाउने गर्दछ। वृष र तुला राशिको स्वामी शुक्रलाई भौतिक सुखको कारक मानिन्छ। सन् २०२२ मा शुक्रले १५ पटक राशि परिवर्तन गर्नेछ र जनवरी ४ तारिखमा धनु राशिको प्रवेशबाट सुरु हुनेछ। यसपछि शुक्र ग्रहले वर्षभर क्रमिक रूपमा निश्चित समयमा राशि परिवर्तन गरिरहनेछ।  आर्थिक तथा भौतिक हिसाबले सन् २०२२ कुन रशिका लागि अशुभ रहला त ? जान्नुहोस्….

कन्या राशि 

यो वर्ष आर्थिक स्थितिमा सुधार आउला नै भन्न सकिन्न। खर्चको समस्याले सताउनेछ। जुवा, सट्टेबाजी वा चिठ्ठा खेल्नबाट बच्नुहोस्। धन लाभको लागि शिवजी लाभदायक हुनेछन्।

तुला राशि 

धनको सम्बन्धमा सुरुमा केही कठिनाइ हुनेछ। वर्षभर आर्थिक आवश्यकताहरू जारी रहनेछ। घरजग्गा खरिदबिक्री गर्दा सावधानी अपनाउनुहोला। धन स्थिति ठीक राख्न बृहस्पति देवको मन्त्र जप गर्नुहोस्।

मीन राशि 

आर्थिक स्थितिमा केही उतारचढाव आउन सक्छ। पैसाको आवश्यकता भइरहनेछ। यो वर्ष पैसा बचतमा विशेष ध्यान दिनुहोला। पैसा कमाउनको लागि शनिबार कुकुरलाई रोटी वा बिस्कुट खुवाउनुहोस्।

प्रकाशित : बुधबार, पुष १४, २०७८१३:०१

शुक्र ग्रहको प्रभाव: कुन राशिको आर्थिक स्थिति मजबूत रहला त ? जान्नुहोस् !