मेस्सीसँग होला धेरै बालोन डी ओर, तर दुबई अवार्ड त रोनाल्डो कै बढी छ !

किलियन एमबाप्पेले सोमबार राति ग्लोब सकर अवार्डमा २०२१ को सर्वोत्कृष्ट पुरुष फुटबलरको ताज जिते। बालोन डी’ओर वरीयतामा नवौं स्थानमा मात्रै रहे पनि पेरिस सेन्ट जर्मेनका फरवार्डले रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीलाई पछि पार्दै दुबईमा शीर्ष पुरस्कार जितेका हुन्।

सन् २०२१ एम्बाप्पेका लागि निकै उत्कृष्ट रहेपनि उनी यस वर्षका स्टार खेलाडी हुन् भनेर तर्क गर्न पनि तपाईंका लागि कठिन हुनेछ। तर यो पहिलो पटक भने कतै हैन कि ग्लोब सकर अवार्ड माथि प्रश्न चिन्ह उठेको। मेस्सी १० वर्षमा एक पटक मात्र वर्षको प्लेयर अफ द इयर घोषित भएका छन् भन्ने तथ्यले नै यो तय गर्न सक्छ कि यो तपाईंको प्राथमिक फुटबलको पुरस्कार हैन।

सन् २०११ देखि यस्तो छ ग्लोब सकर अवार्डका विजेताहरु:-

२०११: क्रिस्टियानो रोनाल्डो

२०१२: राडामेल फाल्काओ

२०१३: फ्रान्क रिबेरी

२०१४: क्रिस्टियानो रोनाल्डो

२०१५: लियोनल मेस्सी

२०१६: क्रिस्टियानो रोनाल्डो

२०१७: क्रिस्टियानो रोनाल्डो

२०१८: क्रिस्टियानो रोनाल्डो

२०१९: क्रिस्टियानो रोनाल्डो

२०२०: रोबर्ट लेवान्डोस्की

२०२१: किलियन एमबाप्पे

रोनाल्डो ६-१ मेस्सी 

यो पक्कै पनि २०१४, २०१५, २०१६ र २०१७ को ग्लोब सकर अवार्ड्सका मात्रै बालोन डी’ओर विजेताहरूसँग मेल भएको कुरा आश्चर्यजनक हुनसक्छ। सन् २०११ र २०१९ दुबै वर्ष मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट ठहरिए भने २०१३ मा रोनाल्डो रिबेरीसँग पराजित भए। जबकि फ्रान्स फुटबलको अवार्ड बालोन डी ओर जित्ने लुका मोड्रिचलाई पनि युनाइटेड स्टारले २०१८ मा पछि पारे।

एम्बाप्पे यस वर्ष मेस्सी भन्दा उत्कृष्ट घोषित भए भने सन् २०१२ मा फाल्काओले मेस्सीलाई पछारे। यस्तोमा, रोनाल्डोले यस अवार्ड ६ पटक हात पार्दा मेस्सी एक पटक मात्र विजेता घोषित भएका छन्।

प्रकाशित : बुधबार, पुष १४, २०७८१३:३०

भिनिसियस भन्छन् – ‘सन् २०२२ रियलको वर्ष हुनेछ’