क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडका आफ्ना तीन टोलीका साथीहरूलाई डराएका छन् र सोमबार न्यूक्यासल विरुद्धको आफ्नै प्रदर्शनमा निकै दुखी रहेका थिए। यो दाबी युनाइटेडका अन्तरिम प्रबन्धक राल्फ रङ्गनिकलाई रोनाल्डोलाई प्रारम्भिक ११ बाट हटाउन आग्रह गरेका गेब्रियल एग्बोनलाहोरले गरेका हुन्।
रोनाल्डोले यस सिजनमा युनाइटेडका लागि १९ खेलमा १३ पटक गोल गरेका छन्। यद्यपि, सेन्ट जेम्स पार्कमा युनाइटेडको न्युक्यासलसँग १-१ गोलको बराबरीमा ३६ वर्षीय पोर्चुगिज सुपरस्टारको प्रदर्शनका कारण उनको कडा आलोचना भइरहेको छ। उक्त खेलमा रोनाल्डो भाग्यशाली थिए कि रेयान फ्रेजर माथि गरेको फौलका लागि रेफ्रीले उनलाई मात्र पहेंलो कार्ड देखाए।
त्यसपछि युनाइटेड फरवार्डलाई उनका पूर्व टिममेट ग्यारी नेभिलले रोनाल्डोलाई खेल सकिएपछि विपक्षी खेलाडीसँग हात नमिलाई र स्टेडियमका दर्शकलाई धन्यबाद नदिई सिधै ड्रेसिङ रुमतर्फ लागेको कारण उनको आलोचना गरे। एग्बोनाहोरले अहिले जाडोन सान्चो, मेसन ग्रीनवुड र मार्कस रासफोर्डलाई पिचमा रोनाल्डोको उपस्थितिबाट डराएको दाबी गरेका छन्।
“मलाई लाग्छ कि रोनाल्डोले आफ्नो गोलको मात्र ख्याल राख्छन्,” उनले फुटबल इनसाइडरलाई भने, “रोनाल्डोको उक्त खेलमा निकै खराब प्रदर्शन रहेको थियो। उनले मौका नपाएका कारण हात हावामा उचाल्दै रिसाएका थिए र खेलपछि पनि रिसाएर सिधै टनेल तर्फ लागे। ड्रेसिङ रूममा पनि सायद रिसाएका थिए होला।”
उनले रोनाल्डो पहिलेको जस्तो प्रभावशाली खेलाडी नभएको भन्दै उनलाई अर्को खेलमा सुरुवाती ११ बाट हटाउन समेत सल्लाह दिएका छन्। “जाडोन सान्चो, मेसन ग्रीनवुड र मार्कस रासफोर्डले फ्रन्ट-३ को रूपमा खेल्न सक्छन्। यदि प्रशिक्षकलाई ठिक लाग्छ भने उनले रोनाल्डोलाई अर्को खेलमा सुरुवाती-११ मा नराख्न पनि सक्छन्।”