एम्बाप्पे र हालाण्डको मिलन गराउने रियलको योजना ! सफल होला त ?

एजेन्सी – स्पेनिस मिडिया तथा जर्मन मिडियाहरुले गरेको दावी अनुसार एर्लिङ हालाण्ड ला लिगामा खेल्न चाहन्छन्। बोरुसिया डर्टमन्ड छाडेपछि प्रिमियर लिग जाने भन्दा पनि ला लिगामा जाने हालाण्डको चाहना छ।

हालाण्डलाई भित्र्याउन लालिगाका दुई महारथी क्लब बार्सिलोना र रियल म्याड्रिडले आफ्नो-आफ्नो तयारी थालिसकेका छन्। पुष्टि नभएपनि बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले हालाण्डका एजेन्ट मिनो राइओलालाई भेटेको चर्चा चलिरहेको छ।

उता डर्टमन्डका सीईओ आफैंले रियल म्याड्रिडले हालाण्ड बारे जानकारी लिन आफूहरुलाई सम्पर्क गरेको खुलासा गरिसकेका छन्। सीईओ अकी वाट्जकेका अनुसार हालाण्ड इङ्गल्याण्ड भन्दा पनि स्पेन जान बढी इच्छुक छन्।

हालाण्ड र एम्बाप्पेको मिलन गराउने रियलको चाहना

स्पेनिस मिडिया मार्काले गरेको दावी अनुसार रियल दिर्घकालिन योजना सहित अगाडी बढिरहेको छ। रियलले हाल सबै भन्दा बढी चर्चामा रहेका युवा खेलाडी किलियन एम्बाप्पे र हालाण्ड दुवैलाई भित्र्याउने तयारी गरिरहेको छ। दुवै युवा खेलाडीलाई रियलमा मिलन गराउने रियलको चाहना रहेको मार्काको दावी छ।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा रहेका एम्बाप्पेको सम्झौता जुन सम्मका लागि मात्र छ। त्यसपछि एम्बाप्पे सित्तैमा रियल आउन पाउनेछन्। पिएसजीमा सम्झौता थप गर्न नमानिरहेका एम्बाप्पे रियल जाने उच्च सम्भावना छ।

त्यस्तोमा एम्बाप्पेलाई खर्च गर्नुपर्ने रकम रियलले हालाण्डमा खर्च गर्न पाउनेछ। एम्बाप्पे र हालाण्ड दुवै भित्र्याउने रियलको योजना पूरा हुन्छ कि हुँदैन भन्ने कुरा समयले नै बताउनेछ।

प्रकाशित : बुधबार, पुष १४, २०७८१९:४२

मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनेर सोध्दा लेवान्डोस्कीले आफैंलाई रोजे, दिए गज्जबको जवाफ !