ग्वार्डिओला भन्छन् – ‘चेल्सी र लिभरपुल हुँदा-हुँदै उपाधि होड सकियो भन्नु हाँस्यास्पद’

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको उपाधि दौड सकिनसकेको बताएका छन्। वर्षको अन्तिम खेलमा जित निकालेपछि एक मिडियासँग कुराकानी गर्नेक्रममा ग्वार्डिओलाले उपाधि होड सकियो भन्ने तर्कहरुलाई खारेज गरेका हुन्।

डेली मेलसँग कुराकानी गर्दै ग्वार्डिओलाले सिजनका धेरै खेलहरु बाँकी रहेको अवस्थामा उपाधि होडमा अन्य क्लबहरु बाहिरिए भनेर चर्चा गर्नु बेकार हुने बताए। ग्वार्डिओलाका अनुसार ५४ अंकका खेलहरु अझै बाँकी छ। यस्तोमा अन्य क्लबहरुले भेट्टाउँदैनन् भनेर भन्न नमिल्ने ग्वार्डिओलाको भनाई छ।

“खेल्नको लागि ५४ अंक छ। र हामीले राम्रा भन्दा राम्रा क्लबहरुको सामना गर्नुछ। मात्र ८ अंकको अग्रता हुँदा उपाधि होड सकिएको भनेर चर्चा गर्नु हाँस्यास्पद हुन्छ।”,ग्वार्डिओलाले भने।

सिटीसँग प्रतिष्पर्धामा रहेला लिभरपुल र चेल्सी जस्ता क्लब असाधारण रहेको पनि ग्वार्डिओलाले बताए। चेल्सी युरोपियन च्याम्पियन रहेको र लिभरपुलले आफूहरुलाई लगातार टक्कर दिरहेको ग्वार्डिओलाले उल्लेख गरे। चेल्सी र लिभरपुलले अंक गुमाएका कारण आफूहरुले अग्रता बनाएको नभई आफूहरुले १० खेल लगातार जितेका कारण अग्रता बनाएको ग्वार्डिओलाको तर्क छ।

उनले भने,”हामीसँग प्रतिस्पर्धा गर्ने टोलीहरू चेल्सी र लिभरपुल असाधारण भन्दा बढी छन्। एउटा युरोपको च्याम्पियन छ भने अर्को गएको ३-४ सिजन देखि लगातार कडा टक्कर दिरहेको छ। उनीहरुले अंक गुमाएको कारण हामीले अग्रता बनाएको होइनौं, लगातार १० खेलको जित निकालेका कारण हामीले अग्रता बनाएका हौँ।”

प्रकाशित : बिहिबार, पुष १५, २०७८१३:३१

मेस्सी भर्सेस रोनाल्डो: २०२१ मा कसको प्रदर्शन उत्कृष्ट ? [तथ्यांक सहित]