आफ्नै एम्बाप्पे किन्दै आर्सनल, जसले फ्रेन्च लिगमा मेस्सी-नेयमार-एम्बाप्पेलाई एक्लै पछारेका छन् !

प्रिमियर लिग कलन आर्सनलको रडारमा रहेका खेलाडी जोनाथन डेभिडले हाल फ्रेन्च लिगमा मेस्सी र एम्बाप्पे जस्ता खेलाडी भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्दै छन्।

लिल सेन्टर-फरवार्ड फ्रान्सको शीर्ष लिगको स्कोरिङ चार्टमा शीर्ष स्थानमा रहेका छन्। उनले १९ लिग खेलमा १२ गोल गर्न सफल भएका छन्, जुन मोनाकोका बेन येडर भन्दा दुई र पेरिस सेन्ट-जर्मेन (पीएसजी) स्टार एमबाप्पे भन्दा तीन गोल बढी हो। उनको यस्तो उत्कृष्ट प्रदर्शनलाई बेवास्ता भने कतै गरिएको छैन। इभनिङ स्ट्यान्डर्डको एक रिपोर्टका अनुसार आर्सनलले खेलाडी माथि नजर राखिरहेको छ जसले डेभिडको विकास बेल्जियन क्लब गेन्टमा हुँदा पनि निगरानी गरिरहेको थियो।

डेभिड आफैं आर्सनल समर्थक हुन् तर गेन्टबाट लिल ट्रान्सफर हुनुअघि हुने नर्थ लण्डनमा खेल समयको अभाव रहने कुरालाई ध्यानमा राख्दै गनर्सको प्रस्ताव अस्विकार गरेका थिए। “सबैलाई थाहा छ प्रिमियर लिग एक उच्च-गुणस्तर लिग हो,” उनले अगस्ट २०२० मा फ्रान्स ब्लू नोर्डलाई भने। तर मेरो छनोट यस तथ्यले निर्धारण गरेको थियो कि सकेसम्म धेरै समय खेल्न चाहन्छु। मेरो छनोट एकदम चाँडो गरिएको थियो। तर म बुझ्छु कि दुई क्लब बीच फाइनल गर्न केहि समय लाग्यो।”

बेल्जियन क्लबले आफूलाई अझ एक सिजन राख्न चाहेपनि क्लबले आफ्नो निर्णयको सम्मान गरेको उनले बताए। “जेन्टले मलाई अर्को एक सिजन राख्न चाहन्थ्यो, तर मैले मेरो रोजाइ गरेको थिएँ र उनीहरूले यसलाई सम्मान गरे,” उनले भने।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१७:५०

स्पेनिस टोलीमा बार्सिलोनाको वर्चस्व पुन: सुरु, प्रशिक्षकको चौतर्फी आलोचना हुँदै !