सन् २०२२ मा निकै भाग्यशाली साबित हुन्छन् यी ६ राशि, मिल्नेछ अथाह धन र सफलता !

ज्योतिषीय हिसाबले सन् २०२२ केही राशिका लागि उत्कृष्ट रहनेछ। यस्तोमा यो वर्ष ६ राशिका मानिसको लागि निकै लक्की रहेको छ। सन् २०२२ मा यी ६ राशिका मानिस रहनेछन् सबैभन्दा भाग्यमानी, कुन-कुन ? जान्नुहोस्….

वृष राशि 

वृष राशिका लागि नयाँ वर्ष शुभ रहनेछ। सन् २०२२ तपाईंको लागि करियर चम्किलो र ठूलो हैसियत दिने साबित हुनेछ। मनग्य आम्दानी बढ्नेछ। धन सम्पति बढ्नेछ। आर्थिक स्थायित्वले तपाईंलाई केहि नयाँ गर्न प्रेरित गर्नेछ। कार्यस्थलमा प्रशस्त प्रशंसा मिल्नेछ। तपाईं वर्षभर विलासिताको जीवन बिताउनुहुनेछ।

सिंह राशि 

सिंह राशिका मानिसहरुका लागि नयाँ वर्ष २०२२ निकै शुभ रहेको छ। आगामी वर्षले यस राशिका व्यक्तिहरूलाई उन्नतिको धेरै अवसर दिनेछ। यी अवसरहरूलाई नबिर्सनुहोस्, किनकि यसले तपाईंलाई भविष्यमा ठूलो फाइदाहरू ल्याउनेछ।

तुला राशि 

तुला राशिका व्यक्तिहरूलाई २०२२ सालले ठूलो सफलता दिनेछ। करियर–पैसाका हिसाबले प्रशस्त लाभ हुनेछ। पार्टनरको साथ राम्रो सम्बन्ध रहनेछ। विभिन्न ठूलो मौका प्राप्त हुन सक्छ।

वृश्चिक राशि 

सन् २०२२ वृश्चिक राशिका लागि धेरै सुख लिएर आउने छ। यो वर्ष तपाईंका धेरै मनोकांक्षा पूरा गर्ने साबित हुनेछ। समग्रमा, सबै कुरा तपाईंको पक्षमा हुनेछ।

मकर राशि 

मकर राशिका लागि सन् २०२२ ले धेरै प्रगति दिनेछ। आर्थिक अवस्था राम्रो रहनेछ। नाम र पैसा दुबै मिल्छ भन्न सकिन्छ।

कुम्भ राशि 

२०२२ सालले कुम्भ राशिका व्यक्तिहरूको जीवनमा परिवर्तन ल्याउनेछ। जति समस्या थिए, अब एक एक गरेर समाधान हुन थाल्छन्। आखिर, जीवन ट्रयाकमा फर्किनेछ। जीवनमा प्रेमको प्रवेश हुनेछ। कतिपयले विवाह पनि गर्न सक्छन्।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१४:३९

भुलेर पनि नगर्नुस् यस्ता गल्ती, सम्बन्धका साथै घर नै हुनसक्छ नष्ट !