यी हुन् २०२१ का सर्वश्रेष्ठ खेलाडी, रोनाल्डो टप ५ मा पनि परेनन्, मेस्सीको नम्बर कति ?

२०२१ विश्वभरका शीर्ष खेलाडीहरूबाट केही आश्चर्यजनक प्रदर्शनहरूले भरिएको वर्ष रह्यो। २ प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरू – कोपा अमेरिका र युईएफए युरो च्याम्पियनसिप – सफलतापूर्वक सम्पन्न भयो।

यसबाहेक, विश्वका शीर्ष क्लब प्रतियोगिताहरू जस्तै युईएफए च्याम्पियन्स लिग र युरोपका शीर्ष ५ लिगहरूमा पनि थुप्रै रेकर्ड बने, उत्कृष्ट प्रदर्शन देख्न मिल्यो। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीहरू फेरि शीर्ष खेलाडीहरूमा परे, अर्जेन्टिनी कप्तान मेस्सीले यस वर्ष आफ्नो ७ औं बालोन डी’ओर अवार्ड पनि हात पारेका छन्। यति धेरै उत्कृष्ट खेलाडीहरूबाट, केवल १० छनोट गर्नु कुनै सजिलो काम होइन। यस्तोमा आज हामी स्पोर्ट्सकिडाले निकालेको सुची अनुसार सन् २०२१ का टप १० खेलाडीको बारेमा चर्चा गर्नेछौं।

यस्तो छ २०२१ का टप १० खेलाडीको सुची:-

१०. जर्जिन्हो (इटाली/चेल्सी)

९.  एन्गोलो कान्ते (फ्रान्स/चेल्सी)

८. केभिन डी ब्रुएन (बेल्जियम/म्यानचेस्टर सिटी)

७. एर्लिंग हालाण्ड (नर्वे/बोरुसिया डर्टमण्ड)

६. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल/युभेन्टस/म्यानचेस्टर युनाइटेड)

५. किलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन)

४. मोहम्मद सलाह  (इजिप्ट/लिभरपुल)

३. लियोनल मेस्सी (अर्जेन्टिना/बार्सिलोना/पेरिस सेन्ट जर्मेन)

२. करिम बेन्जेमा (फ्रान्स/रियल म्याड्रिड)

१. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड/बार्यन म्युनिख)

प्रकाशित : बिहिबार, पुष १५, २०७८१६:०४

मेस्सी-रोनाल्डो कोहि नभएर यी खेलाडी एम्बाप्पेको नजरमा उत्कृष्ट, तारिफ गरेर थाकेनन् !