पचास वर्ष पुगेको दिन भावुक भए पारस, नेपाली भएकोमा गर्व गर्दै उठाए घतलाग्दा कुरा !

काठमाडौँ – पूर्वयुवराज पारस शाहले पुर्खाहरूको बलिदानका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न सक्ने अवस्था बनेको बताएका छन्। आफ्नो ५० औँ जन्मदिनका अवसरमा शाहले सामाजिक संजाल मार्फत आफ्ना धारणाहरु सार्वजनिक गर्नेक्रममा शाहले यस्तो बताएका हुन्।

शाहले सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्न पुर्खाहरूले गरेको बलिदानलाई स्मरण गर्दै पुर्खाप्रति श्रद्धाञ्जलि अर्पण समेत गरेका छन्।

“हाम्रा पुर्खाको बलिदानले आज हामी सबै नेपाली गौरवान्वित छौं । हाम्रो सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गर्नुहुने हाम्रा पुर्खाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।”,शाहले फेसबुकमा लेखेका छन्।

साथै शाहले जीवनको यो उमेर सम्म आइपुग्दा महत्त्वपूर्ण, जीवन परिवर्तन गर्ने घटनाहरू देखेको र अनुभव गरेको फेसबुकमा उल्लेख गरेका छन्। जीवनमा देखेका र घटेका घटनाहरुबाट धेरै कुरा सिक्न मिलेको शाहको भनाई छ।

पारस लेख्छन्,”यो लामो समय पार गर्दा मैले धेरै महत्त्वपूर्ण जीवन परिवर्तन गर्ने घटनाहरू देखेको छु र अनुभव गरेको छु। यी सबैको माध्यमबाट मैले आफ्नो बारेमा धेरै कुरा सिकेको छु र हुर्केको छु।”

प्रतिकूलताका वावजुत पनि निस्वार्थताका साथ प्रेम गर्ने नेपाली भावनासँग आफू ज्ञात रहेको पनि शाहले बताएका छन्। ५० वर्ष पुग्दै गर्दा आफूले नेपालले विश्व समुदायमा निकै अनौठो स्थान ओगटेको कुरा राम्रोसँग बुझेको शाहको भनाई छ। उनले लेखेका छन्,”नेपालले विश्व समुदायमा निकै अनौठो स्थान ओगटेको महसुस गर्दै आज म ५० वर्ष पुगेकी छु । म हाम्रो धार्मिक र सांस्कृतिक पहिचानको रक्षा र संरक्षण गर्न जे गर्न सक्छु गर्न उत्प्रेरित महसुस गर्छु।”

उनले ५० वर्षको उमेरसम्ममा परिवारको सहयोग र राम्रो स्वास्थ्य पाउन सक्नु नै आफ्ना लागि सुन्दर उपहार भएको पनि बताएका छन्। यो सबै परिवार र शुभचिन्तकहरूको माया र अटल सहयोगको कारण सम्भव भएको शाहको भनाई छ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१७:२४

जान्हवीको न्यू ईयर लुक देखेर भड्किए सामाजिक संजाल प्रयोगकर्ता, ट्रोल गर्दै यस्तो सम्म भने !