जान्हवीको न्यू ईयर लुक देखेर भड्किए सामाजिक संजाल प्रयोगकर्ता, ट्रोल गर्दै यस्तो सम्म भने !

एजेन्सी – डिसेम्बर ३१को रात सारा विश्व नयाँ वर्षको उत्सवमा डुब्दा बलिउड कलाकार पनि मस्तीमा जुटे। धेरै जस्ता बलिउड कलाकारहरु विभिन्न निजी पार्टीहरुमा सहभागी भए। सामाजिक संजालहरुमा यति बेला कलाकारहरुका नयाँ वर्ष मनाउँदै गरेका तस्विरहरु देखा परिरहेका छन्।

यसबीच केहि वर्ष अगाडी मात्रै बलिउडमा पाइला राखेकी अभिनेत्री जान्हवी कपूर पनि नयाँ वर्ष मनाउँदै गर्दा मिडियाहरुको क्यामरामा स्पट भइन्। नयाँ वर्षको एक पार्टीमा सहभागी हुँदै गरेकी जान्हवी सेलिब्रिटी फोटोग्राफर भाइरल भयानीको क्यामरामा कैद भएकी हुन्।

सो क्रमका तस्विरहरु भयानीले इन्स्टाग्राममा राखेका छन्। कालो कलरको वन शोल्डर ब्याकलेस टपको साथ नीलो रिब्ड जिन्समा त्यहाँ पुगेकी जान्हवी धेरै नै हट देखिएकी थिइन्। जान्हवीले एक ब्याग र स्नीकर्स सँग-सँगै गोल्डेन इयररिंगले आफ्नो लुकलाई पूरा गरेकी थिइन्।

जान्हवीका ती तस्विरहरु धेरैलाई मन परेका छन् र धेरैले जान्हवीको खुलेर प्रशंसा गरेका छन्। तर केहि व्यक्तिहरुले भने जान्हवीको खुलेर आलोचना गरेका छन्। त्यसमध्ये केहिले जान्हवीको ट्रोल समेत गरेका छन्।

ब्याकलेस टपलाई लिएर केहिले जाडोमा कस्तो कपडा लगाउने भन्ने ज्ञान छैन् भन्ने प्रश्न समेत गरेका छन्। त्यस्तै एक इन्स्टाग्राम प्रोगकर्ताले जान्हवीलाई तौल घटाउन सुझाव पनि दिएका छन्। जान्हवी यस अगाडी पनि सामाजिक संजालमा धेरै पटक ट्रोल भइसकेकी छन्।

प्रकाशित : आइतबार, पुष १८, २०७८१९:०९

किन कहिले पनि टुट्दैन सलमानको हातमा ब्रेसलेट ? कसले दिएका थिए ?