नयाँ वर्षमा अपनाउनुहोस् यस अचुक उपाय, हरेक समस्याको हुनेछ अन्त्य: हुनेछ शुभै-शुभ

यस वर्ष जस्तो भए पनि सन २०२२ लाई लिएर मानिसहरु निकै आशामा रहेका छन् । नयाँ वर्ष सन २०२२ आर्थिक देखि स्वास्थ्य समस्या र मानसिक तनावबाट छुट्कारा मिल्ने मानिसहरुको विश्वास रहेको छ । सबै इच्छाहरू पूरा गर्ने निश्चित उपायहरू लाल किताबमा दिइएको छ। जसलाई सही तरिकाले पूरा गरेमा हरेक इच्छा पूरा हुने निश्चित छ ।

 

हरेक किसिमको असमस्याको समाधान गर्ने अचुक उपाय

– वर्षको पहिलो दिन एक चोखो काचो नरिवल लिनुहोस् र यसले  २१ पटक आफूलाई घुमाउनुहोस् र यसलाई आगोमा होम्दिनुहोस् । यस उपायले जीवनबाट नकारात्मकता हटाउनेछ। घरायसी समस्याको अन्त्य हुनेछ । शत्रुहरु पराजित हुनेछन् । जीवनमा आइरहने कष्टको अन्त्य गर्नको लागि वर्षको पहिलो सोमबार नरिवलको पूजा गरी त्यस नरिवललाई नदीमा बगाइदिनुहोस् ।

 

आर्थिक समस्याहरू हटाउन वर्षको पहिलो दिन कम्तीमा १५० ग्रामको चाँदीको हात्ती बनाउनुहोस् वा किन्नुहोस्। नयाँ वर्षमा लक्ष्मीको साथमा यस हात्तीलाई पनि पूजा गरी घरको उत्तर दिशामा स्थापना गर्नुहोस्। यस्तो गर्नाले ऋणबाट छुट्कारा मिल्नेछ साथै आर्थिक अवस्था राम्रो हुनेछ।

वर्षको पहिलो दिन गोजी वा पैसा राख्ने स्थानमा चाँदीको टुक्रा राख्नुहोस् । यसो गर्नाले धन सम्बन्धी सबै समस्याको अन्त्य हुन्छ । यदि तपाई
कुनै पनि तनावको शिकार हुनुहुन्छ भने ४३ दिनसम्म चन्दनको तिलक लगाउनुहोस् यसले जीवनका समस्या पनि समाप्त हुन्छ र तनाव पनि हट्छ ।

प्रकाशित : शनिबार, पुष १७, २०७८१२:१४

सन् २०२२ को पहिलो साता कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !