एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर अर्को कीर्तिमान बनाउने क्रममा छन्। सन् २०२२ मा मेस्सी च्याम्पियन्स लिगमा सर्वाधिक असिस्ट दिने खेलाडीको रेकर्डमा क्रिस्टियानो रोनाल्डोको रेकर्डसँग बराबरी गर्न सक्नेछन्।
च्याम्पियन्स लिगमा सबै भन्दा बढी असिस्ट दिने खेलाडीको रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा छ। च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता समेत रहेका रोनाल्डोले अहिले सम्म ४० असिस्ट दिसकेका छन्।
च्याम्पियन्स लिगमा ४० वा ४० भन्दा बढी असिस्ट दिने रोनाल्डो एक्ला खेलाडी हुन्। तर सन् २०२२ मा मेस्सीले पनि ४० असिस्ट वा त्यो भन्दा बढी असिस्ट दिने दोस्रो खेलाडी बन्न सक्नेछन्। साथै मेस्सीले सो मामलामा रोनाल्डोलाई पछि पर्न सक्ने सम्भावना पनि छ। मेस्सीले अहिले सम्म च्याम्पियन्स लिगमा ३६ असिस्ट दिसकेका छन्। अब ४ असिस्ट दिएको खण्डमा मेस्सीले ४० असिस्ट पूरा गर्नेछन्।
च्याम्पियन्स लिगमा मेस्सी भर्सेस रोनाल्डो
मेस्सी र रोनाल्डो एक अर्काका धेरै पूराना प्रतिद्वन्दी हुन्। एकै लिगमा नरहेपनि यी दुई बीच विभिन्न उपाधि तथा रेकर्डहरुमा प्रतिष्पर्धा हुने गरेको छ।
रोनाल्डो च्याम्पियन्स लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडी रहँदा मेस्सीले उनलाई पछ्याइरहेका छन्। रोनाल्डोले अहिले सम्म च्याम्पियन्स लिगमा १ सय ४० गोल गरिसक्दा मेस्सीले १ सय १२ गोल गरेका छन्।