एजेन्सी – क्याटलान क्लब बार्सिलोना ओस्मान डेम्बेलेको सम्झौता जसरी पनि थप गर्न पक्षमा देखिएको छ। आउने जुनमा सम्झौता सकिँदै गरेका कारण बार्सिलोनाले डेम्बेलेको सम्झौता थप गर्ने कुरालाई प्राथमिकतामा राखेको हो।
सम्झौता थप गर्नका लागि बार्सिलोनाले डेम्बेले पक्षसँगको छलफललाई तिब्र बनाएको छ। डेम्बेलेलै सम्झौता थप गर्न के कसरी राजी गराउने हो भन्नेमा बार्सिलोनाको प्राथमिकतामा छ।
बार्सिलोनाले गएको केहि समय देखि डेम्बेलेको सम्झौता थप गर्ने प्रयास गरिरहेको छ। तर डेम्बेलेले भने सम्झौता थप गर्नको लागि आनिकानी गरिरहेको बताइन्छ। डेम्बेलेले पछिल्लो पटक बार्सिलोनाले गरेको प्रस्ताव अस्विकार गरेका थिए। यससँगै बार्सिलोनाले नयाँ प्रस्तावको तयारी गरिरहेको छ।
जाभीको चाहना
जाभीले आफू यता आएयता लगातार डेम्बेलेलाई प्राथमिकतामा राख्ने संकेत देखाइरहेका छन्। जाभीले डेम्बेलेमा धेरै राम्रो सम्भावना देखेका छन्। जस कारण उनी डेम्बेलेलाई बार्सिलोनामै राख्न चाहन्छन्। जाभीकै चाहनाले गर्दा डेम्बेलेलाई बार्सिलोनाले क्लबमा अड्याउने प्रयास गरिरहेको बताइन्छ।
जाभी आफैंले डेम्बेलेसँग सम्झौता थपको विषयमा कुराकानी गरेको चर्चा छ। शनिबार एक पत्रकार सम्मेलनका क्रममा जाभीले डेम्बेले सम्झौता थप गर्ने विश्वास व्यक्त गरे। त्यसक्रममा उनी आफैंले डेम्बेलेसँग आफ्नो कुराकानी भएको बताए। डेम्बेलेको सम्झौता थप गर्ने कुरा बार्सिलोनाका लागि धेरै नै महत्वपूर्ण रहेको जाभीको भनाई छ।

