एजेन्सी – सन् २०२१ को पहिलो खेलमा प्रिमियर लिग क्लबहरु चेल्सी र लिभरपुल आमने-सामने हुँदैछन्। उपाधि होडमा रहेका दुई क्लब बीच चेल्सीको घरेलु मैदानमा आइतबार बेलुका प्रतिष्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार १० बजेर १५ मिनेटमा शुरु हुनेछ।
आइतबारको खेल दुवै क्लबका लागि महत्वपूर्ण रहनेछ। दुवै टोली जित निकाल्दै शिर्ष दुईमा पकड बनाउने दाउमा हुनेछन्। आजको खेलमा विजयी हुने टोली दोस्रो स्थानमा हुनेछ।
चेल्सी र लिभरपुल अहिले प्रमियर लिगको दोस्रो र तेस्रो स्थानमा छन्। चेल्सीले लिभरपुल भन्दा एक खेल बढी खेलेको छ। चेल्सीले २० खेलबाट ४२ अंक बनाउँदा लिभरपुलले १९ खेलबाट ४१ अंक बनाएको छ। दुवैले यस सिजन १२-१२ खेलमा जित निकालेका छन् भने २-२ खेलमा हार। त्यस्तै दुवै टोलीले ६-६ खेलमा बराबरी खेलेका छन्।
आइतबारको खेलमा जित्नेले दोस्रो स्थानमा पकड बनाउनेछ। लिभरपुलले हारेको खण्डमा चेल्सीले ४५ अंक बनाउनेछ भने चेल्सीले हारेको खण्डमा लिभरपुलको ४४ अंक हुनेछ।
क्लोप अनुपस्थित रहने
चेल्सी विरुद्धको खेलमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप अनुपस्थित हुनेछन्। कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै क्लोपले आजको खेल गुमाउने भएका हुन्।
खेल कुन च्यानलमा हेर्ने
प्रिमियरका कुनै पनि खेल नेपाली च्यानलहरुले प्रशारण गर्दैनन्। चेल्सी र लिभरपुल बीच हुने खेल भारतीय च्यानलमा हेर्नु पर्नेछ। खेल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।