काठमाडौँ – साताको पहिलो दिन आइतबार आज सुनको मूल्य बढेको छ। गएको साता केहि दिन लगातार घटेर साताको अन्तिममा बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार ४ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ७ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
सुन लगभग २ हप्ताकै महँगो
लगातार तीन दिन बढेसँगै सुन लगभग २ हप्ताकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य पुस ५ गते अर्थात १३ दिनकै महँगो हो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ। आज चाँदी १ हजार २ सय ७० रुपैंयाँमा कारोबार भइरहेको छ।