कोरोना संक्रमणको शिकार बने लियोनल मेस्सी, पीएसजीले नै गर्यो यस्तो घोषणा !

पेरिस सेन्ट जर्मेन सुपरस्टार खेलाडी लियोनल मेस्सीमा कोरोना संक्रमण पुष्टि भएको छ। पीएसजीको आधिकारिक वेबसाइटले मेस्सी कोरोना संक्रमित भएको पुष्टि गरेको हो।

मेस्सीका साथै अन्य तीन खेलाडी पनि कोरोनाको शिकार बनेको क्लबले बताएको छ। संक्रमित हुनेमा जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजाला रहेका छन्। उनीहरु हाल आइसोलेसनमा छन् र उपयुक्त स्वास्थ्य प्रोटोकलको अधीनमा रहेका छन्।

सन् २०२१ मा मेस्सीको प्रदर्शन यस्तो रह्यो 

लियोनल मेस्सीका लागि वर्ष २०२१ मिश्रित अनुभव रह्यो। बार्सिलोनाको साथमा उनले मात्र कोपा डेल रे उपाधि जितेर मध्यम सफलता पाएका थिए। तर अर्जेन्टिनी राष्ट्रिय टोलीको साथमा भने उनको ठूलो सपना पूरा भयो जब उनको कप्तानीमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जित्न सफल भयो। अगस्टमा, मेस्सी पीएसजी गए जहाँ उनले अहिलेसम्म १६ खेलमा ६ गोल गरेका छन्। उनले फ्रेन्च क्लबका लागि गरेका ६ गोलमध्ये ५ च्याम्पियन्स लिगमा र एक मात्र लिग १ मा आएको छ।

राष्ट्रिय टोली

खेलाडी: लियोनल मेस्सी 

खेल: १६ 

गोल: ९ 

असिस्ट: ५ 

उपाधि: कोपा अमेरिका 

क्लब फुटबल  

क्लब: बार्सिलोना/पीएसजी 

खेल: ४५ 

गोल: ३४ 

असिस्ट: १३  

उपाधि: १ 

प्रकाशित : आइतबार, पुष १८, २०७८१७:४७

रोनाल्डोको नयाँ वर्षको शुभकामना देखेर समर्थकले भने-‘बाफरे, यो मान्छेलाई नसकिने भयो’