मेस्सीले फकाउन सके एम्बाप्पे पिएसजीमै रहने !

एजेन्सी – फ्रान्सेली फुटबल पण्डित ट्रिपी माकोन्डाको भनाइलाई मान्ने हो भने किलियन एम्बाप्पेलाई अड्याउन पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई लियोनेल मेस्सीले सहयोग गर्न सक्छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा माकोन्डाले पिएसजीमै रहन एम्बाप्पेलाई मेस्सीले फकाउन सक्ने बताएका हुन्।

फ्रेन्च मिडिया ‘एल इक्विप’सँग कुराकानी गर्नेक्रममा माकोन्डाले एम्बाप्पेलाई पिएसजीमा अड्याउन मेस्सीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए। मेस्सीले फकाउन सकेको खण्डमा एम्बाप्पे पिएसजीमा रहन सक्ने माकोन्डाको भनाई छ। माकोन्डाले बताएअनुसार मेस्सीले एम्बाप्पे पिएसजीका अभियानको मुख्य केन्द्रमा रहेको कुरा अनुभूत गराउनुपर्ने हुन्छ।

त्यसक्रममा माकोन्डाले एम्बाप्पेलाई लिएर नेयमारले पहिला भनेका कुराहरुलाई पनि उल्लेख गरे। माकोन्डाले भने,”एम्बाप्पे पिएसजीको योजनाको केन्द्रमा रहन चाहन्छन्। एम्बाप्पे पिएसजी आइपुग्दा नेयमारलले उनलाई अगाडी बढाउन चाहेको बताएका थिए। त्यसले गर्दा एम्बाप्पे र नेयमार बीच शक्ति सन्तुलन मिलेको थियो।”

नेयमारले जस्तै मेस्सीले पनि एम्बाप्पे बारे त्यस्तै भन्नुपर्ने माकोन्डाको भनाई छ। एम्बाप्पेलाई मेस्सीले स्पष्ट रुपमा उनी नै पिएसजीको योजनाको केन्द्रमा हुने कुरा बुझाउन सके मात्रै एम्बाप्पे पिएसजीमा बस्ने माकोन्डाले बताए।

“नेयमारले जस्तै अब मेस्सीले पनि त्यस्तै कुरा भन्न पर्ने देखिन्छ। मेस्सीले ‘मैले फुटबलमा जे गर्नु पर्ने थियो त्यो गरे। तर अब नयाँ पुस्तालाई अगाडी बढाउनुपर्ने समय आएको छ। र म तिमिलाई अगाडी बढाउन चाहन्छु।’ भनेर एम्बाप्पेलाई भन्नुपर्छ।”,नेयमारले भने।

एम्बाप्पेको सम्झौता

यहि सिजनको अन्त्यमा एम्बाप्पेको सम्झौता सकिँदैछ। पिएसजीले सम्झौता थपका लागि लगातार आग्रह गरिरहेपनि एम्बाप्पेले मानिरहेका छैनन्। एम्बाप्पे अहिलेकै अवस्थामा जुन-सुकै क्लबसँग अग्रिम सम्झौता गर्नको लागि खुला भैरहेका छन्। तर एम्बाप्पेले सिजनको अन्त्य अगाडी त्यस्तो कुनै पनि निर्णय नगर्ने सोच बनाएको बताइन्छ। पिएसजीले अझै केहि महिना एम्बाप्पेलाई फकाउने प्रयास गर्नेछ।

प्रकाशित : सोमबार, पुष १९, २०७८१०:५३

रोनाल्डो बारे बालोटेलीको टिप्पणीले विश्व फुटबलमा तरंग, रोनाल्डो समर्थक भए रुष्ट !