भान डाईकले लिग उपाधि सिटीलाई सुम्पिए, सबैले माने हार !

आइतबार चेल्सी र लिभरपुलले स्ट्यामफोर्ड ब्रिजमा २–२ को बराबरी खेलेपछि प्रिमियर लिग होल्डर सिटीले अब दोस्रो स्थानमा रहेको चेल्सीमाथि १० अंकको अग्रता लिएको छ। यस्तोमा, लिभरपुल स्टार डिफेन्डर भर्जिल भान डाइकले प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई लक्षित गर्दै एक टिप्पणी गरेका छन्।

डचम्यान र उनका लिभरपुल सहकर्मीहरूले आइतबार चेल्सीसँग २-० को अग्रतालाई जोगाउन सकेनन्। २-२ को अन्तिम स्कोरलाइनले दुबै पक्षको उपाधिको मौकालाई मद्दत गर्न सकेन। यसको मतलब सिटीले दोस्रो स्थानमा रहेको ब्लुजमाथि १० अंकको अग्रता लिएको छ। त्यस्तै, रेड्सको हातमा एक खेल भए पनि सिटी लिभरपुलभन्दा ११ अंकले अगाडि रहेको छ।

अब सिटीलाई पछि पार्न कुनै पनि टोलीलाई निकै कठिन हुनेछ, विशेषगरी पेप ग्वार्डीओलाको टोली लगातार ११ जीतको दौडमा रहेको समयमा। आइतबार भएको खेलमा चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेले – जसको परिणाम म्यान सिटीका लागि निकै राम्रो रह्यो। यस बिन्दुबाट सिटीले लगातार दोस्रो लिग उपाधि जित्ने सम्भावनाको बारेमा खेलपछि प्रश्न गर्दा भान डाइकले आफ्नो टोलीलेर कहिल्यै पनि हार नमान्ने बताएका छन्।

“विश्वास गर्न कहिल्यै गाह्रो हुँदैन,” ३० वर्षीया डिफेन्डरले भने, “यो ठूलो अन्तर हो। उनीहरूले (सिटी) यस समयमा गुमाउने उपाधि पाएका छन्, तर अझै जे पनि हुन सक्छ।” पूर्व साउथह्याम्पटन स्टारले आफ्नो टोलीले अब सिटीलाई पछि पार्न भने निकै कठिन हुने स्वीकार गरेका छन्।

“जे पनि सम्भव छ। हामी आफैंमा ध्यान केन्द्रित गर्नेछौं, चेल्सी आफैमा केन्द्रित हुनेछ। हामीले केवल नतिजा ल्याउनु छ। नतिजा ल्याउनु, राम्रो फुटबल खेल्नु पर्नेछ, खेल जित्नुपर्छ,” उनले भने, “धेरै सजिलो सुनिन्छ तर तपाईंलाई पनि थाहा छ, यो गाह्रो छ।”

प्रकाशित : सोमबार, पुष १९, २०७८१४:१३

चेल्सी र लिभरपुल बराबरीमा रोकिँदा सिटी मालामाल, च्याम्पियन बन्ने सम्भावना झनै बढ्यो !