चेल्सी र लिभरपुल बराबरीमा रोकिँदा सिटी मालामाल, च्याम्पियन बन्ने सम्भावना झनै बढ्यो !

एजेन्सी – प्रिमियर लिगको डिफेन्डीङ च्याम्पियन म्यानचेस्टर सिटीले पुनः लिग जित्ने सम्भावना बढेको छ। निकटतम प्रतिद्वन्दी दुई क्लब बीच भएको खेल बराबरीमा रोकिएसँगै सिटीले लिग जित्ने सम्भावना बढेको हो।

आइतबार राति चेल्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुल र चेल्सी दुवैले जित निकाल्न सकेनन्। शुरुवाती अग्रता लिएर पनि लिभरपुलले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा टुंगियो।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले गोल गर्दा घरेलु टोलीका माटियो कोभासिस र क्रिस्टियन पुलिसिसले बराबरी गोल फर्काए । सबै चार गोल पहिलो हाफमा नै सम्भव भएको थियो।

दोस्रो हाफमा दुवै पक्षबाट आक्रमण भएपनि कुनै टोलीबाट थप गोल हुन सकेनन्। यो बराबरीसँगै चेल्सी २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा एक खेल कम खेलेको लिभरपुल ४२ अंक जोडेर तेस्रो स्थानमा यथतावत रहेको छ।

सिटीको अग्रता

सिटीले सिजनका २१ खेल खेल्दा सिटीले मात्रै दुई खेलमा हारे बेहोरेको छ भने मात्र २ खेलमा बराबरी खेलेको छ। बाँकी १७ खेलमा सिटीले जित हाँसिल गरेको छ। दोस्रो स्थानमा रहेको चेल्सी र सिटी बीच १० अंकको अन्तर छ। हालको अवस्थालाई हेर्दा सिटीले थप अंक गुमाउने अवस्था कमै देखिन्छ। जसकारण सिटीले यस सिजन पनि प्रिमियर लिग नजित्ला भन सकिन्न।

प्रकाशित : सोमबार, पुष १९, २०७८१५:०४

“युनाइटेडको समस्या नै रोनाल्डो हुन्: टोलीबाट निकाल्नै पर्छ”