गुर्जुधारामा थियो दर्जन भन्दा बढी यस्ता ठगको अड्डा, सबै पक्राउ परे !

काठमाडौँ – प्रहरीले गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट दर्जन भन्दा बढी बिचौलियालाई पक्राउ गरेको छ। काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ मा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको हो।

यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई विभिन्न बहानामा ठग्ने बिचौलियाहरुलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुले छिटो काम गर्दिने नाममा सेवाग्राहीहरुलाई सताउने गरेका थिए। विशेष अप्रेशन नै चलाएर उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका घर भएका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी रहेका छन्। उनीहरुका अलावा धनकुटा घर भएका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँ घर भएका सुशान्त राजभण्डारीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मकवानपुर घर भएका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङ पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सबै माथि थप अनुसन्धान भइरहेको छ भने उनीहरु विरुद्ध अभद्र व्यवहार मुद्दा चलाइने भएको छ।

प्रकाशित : सोमबार, पुष १९, २०७८२१:४८

ह्वात्तै घट्यो सुनको मूल्य !