विश्व खाने टोली बनाउँदै रियल म्याड्रिड, एमबाप्पे, हालान्ड, बेन्जेमा र भिनिसँगै खेल्दा के होला ?

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडसँग समर ट्रान्सफर विन्डो अगाडि ठुलो योजनाहरु रहेका छन् । भाल्देबेवासको सन्देश स्पष्ट छ कि यो समर रियलको लागि निकै महत्वपुर्ण हुनेछ ।रियल म्याड्रिडले फ्रान्सेली केलियन एमबाप्पे र नर्वेजियन एर्लिङ ब्राउट हालान्डलाई अनुबन्ध गर्ने योजना बुनिरहेको छ । रियल विश्वका दुई युवा स्टार खेलाडीलाई सँगै ल्याएर आगमी वर्षहरुको लागि बलियो टोली आक्रमण बनाउन चहान्छ ।

एकै क्लबमा दुई युवा स्टारको दोहोरो हस्ताक्षरले विश्व फुटबल तरंगित हुनेछ । सबैको ध्यान त्यसमै खिचिनेछ । यदि नर्वेजियन र फ्रान्सेली रियल आएको खण्डमा प्रशिक्षक कार्लाे एन्सेलोटीको हातमा कठिन कार्य हुनेछ । उनले यसको लागि गृहाकार्य गर्नुपर्नेछ । यसमा करिम बेन्जेमा र भिनिसियस जुनियरलाई बिर्सनु हुनेछैन । जसले यो सिजन धमाका मच्चाइरहेका छन् ।

एन्सेलोटी बलियो फरवार्ड लाइनको प्रबन्ध गर्न अपरिचित छैन । इटालियन क्लब एसी मिलानमा उनको टोलीमा एन्ड्रि सेभचेन्को, फिलिपे इन्जाघी र जोन डाहल टोमासन थिए । त्यसपछि हर्नान क्रेस्पो, क्रिस्चियन भिएरी र ब्राजिली रोनाल्डोको बलियो फरवार्ड लाइनलाई उनले प्रशिक्षण दिइसकेका छन् ।

तर, के हालान्ड, एमबाप्पे, बेन्जेमा र भिनिसियस सबै सँगै खेल्न सक्छन् ?
हालान्ड पेनाल्टी क्षेत्रमा बस्छन्, जबकि एमबाप्पे अगाडि जहाँ पनि खेल्न सक्छन् । भिनिसियस आफ्नो पोजिसन लेफ्ट विंगमा पोख्त छन् । बेन्जेमा अवसर सिर्जना गराउन पेनाल्टी क्षेत्र वरिपरि नै रहनेछन् । त्यसैले हालान्डलाई नम्वर ९ को रुपमा, बेन्जेमा पछाडि, लेफ्ट विंगमा भिनिसियस र राइट विंगमा एमबाप्पे हुुनु सबैभन्दा फिट र उत्कृष्ट देखिन्छ । तर, एउटा टोलीले त्यो आक्रमण गर्न सक्छ ?

अग्रपङ्तिको पछाडि के हुन्छ ?

यदि फरवार्डहरु सँगै खेले भने, रियल म्याड्रिडलाई एक असाधारण मिडफिल्ड चाहन्छ । जसले खेललाई नियन्त्रणमा राख्न सक्छ । जसरी उनीहरुलाई १९८५ मा आवश्यक थियो । जब उनीहरुले समान स्टार –स्टडेड आक्रमण गरे ।

४–३–३ ले काम गर्दैन

ती चार खेलाडीसँगै खेलेको अवस्थामा रियल म्याड्रिडको हालको सेटअप परिवर्तन गर्नुपर्नेछ । अहिले क्यासमिरो, टोनी क्रुस र लुका मोड्रिच टोलीका आत्म हुन् । कुनैपनि सम्भापवत समाधान अनौठो लाग्छ । पिएसजीमा नेयमार, एमबाप्पे र लियोनेल मेस्सीको प्रयोगलाई लिन सकिन्छ । तिनीहरुसँग तीन खेलाडी छन् । पिएसजी आक्रमणमा नभएको बेला असन्तुलन हुन सक्छ । क्यासमिरो र एडुआर्डाे कामाभिंगा खेल्दा अग्रपङ्तिमा बल सप्लाईको अभाव हुन सक्छ । मोड्रिच र क्रस खेल्दा टोलीलाई राहत मिल्नेछ ।

भिनि, एमबाप्पे, हालान्ड र बेन्जेमासँग खेल्दा पूर्णरुपमा प्रभावशाली पक्ष मात्रै बन्न सक्छ । बेन्जेमा अनुकुलन अवस्था कुरिरहनेछ । तर, अरुले दौडन, खेल्न र बल राख्न आवश्यक छ । चारै जनाको उपस्थितिले रियल म्याड्रिडलाई रक्षात्मक खेल्नुपर्ने पनि हुन सक्छ । सबै चार मिलेर बनेको आक्रमण युटोपिया जस्तो देखिन्छ र एन्सेलोटीले यसलाई काम गर्न सक्ने तरिकाले कल्पना गर्न गाह्रो छ ।

यो स्पष्ट छ, यदि एमबाप्पे र हालान्ड दुवै सान्टियागो बर्नबेउमा आइपुगे तिनीहरुले लगभग सँगै खेल्नेछन् । त्यसपछि यो काम गर्नको लागि एन्सेलोटीले अरु विधि अपनाउन सक्नेछ । यो भिडडियो गेममा काम गर्न सक्ने कुरा हो तर, वास्तविक फुटबलमा कठिन नै छ ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८११:०९

लापोर्टाले भने – ‘सबै तयार हुनु, अब हामी फिर्ता भएका छौँ’