फस्यो बार्सिलोना, टोरेसलाई तत्काल दर्ता गर्न नमिल्ने !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस मिडफिल्डर फेरान टोरेसलाई इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट यसै विन्टर समरमा अनुबन्ध गरेपनि अहिले नै टिममा दर्ता गर्न नसक्ने भएको छ ।

बार्सिलोनाले २१ वर्षीय टोरेसलाई ५५ मिलियन पाउन्डमा यसै साता ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार उनी सन् २०२७ को समर ट्रान्सफरसम्म बार्सिलोनामा रहनेछन् ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले फेरान टोरेसलाई क्लबमा दर्ता गर्नुअघि क्लबले खेलाडीको पारिश्रमिक कटौती अथवा खेलाडी बेच्नुपर्ने बताएका हुन् । क्लबमा दर्ता नभाएका कारण उनले रियल मलोर्कामाथिको १–० को जित निकालेको खेल गुमाएका थिए ।

टोरेस क्लबमा जानको लागि हतास छ तर बार्सिलोना कमजोर आर्थिक अवस्थाका कारण उनलाई तुरुन्तै दर्ता गर्न असमर्थ छ । क्लबको आर्थिक समस्याकै कारण एन्टोइन ग्रिजमन र लुइस सुआरेजलाई बेच्न बाध्य बनेको थियो ।

जबकि बार्सिलोनाले लियोनेल मेस्सीको सम्झौता विस्तार गर्न पनि असफल भएको थियो । एक लोनले टोरेसलाई अनुबन्ध गर्न सहज भएपनि उनलाई अनुबन्ध गर्नुअघि नै बार्सिलोनाले खेलाडी बेच्नुपर्ने वा पारिश्रमिक समायोजन गर्नुपर्ने थियो ।

‘टोरेसलाई दर्ता गर्न अन्य खेलाडी बेच्ने अथवा उनीहरुको पारिश्रमिक समायोजन गर्नुपर्नेछ । यि कुराहरु हुन् नसकेको अवस्थामा उनी क्लबमा दर्ता हुन सक्नेछैन,’ प्रशिक्षक जाभीले भने, ‘केही खेलाडीको पारिश्रमिक समायोजन गर्ने वा केही खेलाडी बेच्ने योजना बनाइरहेका छौं । सम्भवत औसमाने डेम्वेलेको पारिश्रमिक समायोजन हुन सक्नेछ ।’

‘फेरान टोरेस एक खेलाडी र एक व्यक्ति दुवै रुपमा एक सानदार ट्रान्सफर हुन्,’ जाभीले भने, ‘उनी चोटबाट बाहिर आउँदैछन् । उनले उत्कृष्ट प्रदर्शन गर्नेछन्, मलाई यसमा कुनै शंका छैन । उनले विभिन्न पोजिसनबाट खेल्न सक्छन् । क्लबले उनलाई लिन गरेको प्रयासबाट म धेरै खुशी छु ।’

‘हामी हेर्नेछौ कि तलवको स्थिति कस्तो छ, यदि यो तुरुन्तै सम्भव छ । त्यहँ केही खेलाडीहरुले छोड्नुपर्छ । यदि हामीले औसमाने डेम्वेलेलाई आफ्नो सम्झौता रद्द गर्न वा उसको तलव घटाउन पाउछौं भने उनलाई तुरुन्तै दर्ता गर्न सक्छौं । हामी आशा गर्छौ यो हुन सक्छ ।’

स्पेनिस क्लब भ्यालेन्सियाबाट सन् २०२० मा सिटी पुगेका २१ वर्षीय टोरेसको सिटीसँग सन् २०२५ सम्म सम्झौता रहेको थियो । उनले उक्त सम्झौता तोड्दै बार्सिलोना जाने निर्णय गरे । टोरेसले सिटीका लागि ४३ खेलमा १६ गोल गरे । स्पेनको सिनियर टोलीबाट पनि खेलिसकेका टोरेसले २२ खेलमा १२ गोल गरिसकेका छन् ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१४:२७

गोल्डेन बुट रेसबाट मेस्सी ‘आउट’, रोनाल्डोको पनि ‘हरि-बिजोग’ ! को छ सबै भन्दा अगाडी ? [सूची]