डर्टमन्डले दियो हालान्डलाई अल्टिमेटम, बार्सिलोना र रियल म्याड्रिडको कान ठाडो !

युरोपका शीर्ष क्लबहरूको नजरमा रहेका बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालान्डलाई जर्मन टोलीले आफ्नो भविष्यको निर्णय गर्ने समयसीमा तय गरेको छ। छ वर्षीय युवा स्टारसँग अर्को सिजन आफू कुन क्लबमा खेल्न चाहन्छन् भन्ने निर्णय गर्नको लागि क्लबले जनावरी ३१ सम्मको समय दिएको हो।

हालान्डले आउँदो समरमा आफ्नो करियरको हिसाबले ठूलो कदम चाल्नु अघि बोरुसिया डर्टमुन्डसँग यो सिजन खेल्ने इरादा राखेका छन्, तर उनको हालको क्लबका निर्देशकहरू समयसँगै उनको योजना बारे जानकार हुन चाहन्छन्। पूर्व साल्सबर्ग स्टारले हालै मात्र विन्टर विश्रामको क्रममा मार्बेलामा बिदा मनाएका थिए। यसै क्रममा उनले केहि समर्थकलाई आफू अर्को सिजन स्पेनमा खेल्ने भनेको कुरा बाहिर आउँदै गर्दा यसले बार्सिलोना र रियल म्याड्रिडलाई अलर्टमा राखेको छ। दुबै क्लबहरूले क्रमशः क्याम्प नोउ र एस्टाडियो स्यान्टियागो बर्नाबेउमा विश्व फुटबलको सबैभन्दा उत्कृष्ट युवा स्टार अनुबन्ध गर्न कदमा चाल्ने पक्का छ तर हालान्डको हस्ताक्षरका लागि अन्य थुप्रै क्लब पनि दौडमा रहेका छन्।

हालान्डलाई अनुबन्ध गर्ने सम्झौता जुनसुकै क्लबको लागि ठूलो आर्थिक हिट हुनेछ र यसले खेलाडीलाई अनुबन्ध गर्ने बार्सिलोनाको सम्भावनालाई चोट पुर्याउन सक्छ। जबकि क्लब अध्यक्ष जोन लापोर्टा तयार छन् र उनलाई अनुबन्ध गर्न् जे पनि गर्न तयार छन्। तर बार्सिलोना अध्यक्षले पहिले बेच्नु पर्ने खेलाडीहरूको संख्या ठूलो छ र एक खेलाडीको लागि सम्पूर्ण टोलीलाई भत्काउनु राम्रो कुरा पक्कै हैन, चाहे उक्त खेलाडी जति सुकै उत्कृष्ट नै किन नहोस्।

तर, रियल म्याड्रिडलाई त्यस्तो कुनै चिन्ता छैन। म्याड्रिडको आर्थिक अवस्था आफ्नो प्रतिद्वन्द्वीहरू भन्दा धेरै राम्रो छ र उनीहरूलाई थाहा छ कि यो सम्झौता गर्न सकिन्छ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१८:१२

फेरी के भयो बेललाई ? एन्सेलोटीबाट आयो यस्तो अपडेट !