अन्ततः मेस्सीले जिते कोरोना, छिट्टै फ्रान्स फर्किने !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर लियोनेल मेस्सी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। नयाँ वर्ष मनाउनेक्रममा कोरोना संक्रमित भएका लियोनेल मेस्सीले कोरोनालाई जितेका हुन्।

नयाँ वर्ष तथा क्रिसमसको बिदामा रहेका बेला मेस्सीलाई कोरोना भाइरसको संक्रमण भएको थियो। मेस्सीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि डिसेम्बर २८ मा भएको थियो। फ्रान्स फर्किनु अगाडी कोरोना पोजेटिभ देखिएपछि उनी अर्जेन्टिनामै रहन बाध्य भएका थिए।

कोरोना पुष्टि पश्चात मेस्सी रोसारियोमा छन्। तर पछिल्लो परिक्षणले मेस्सीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ। कोरोना नेगेटिभको रिपोर्ट आएसँगै मेस्सी अब फ्रान्स फर्किन पाउनेछन्।

मेस्सी फ्रान्स फर्किएपछि अन्य विभिन्न स्वास्थ्य परिक्षणहरु हुनेछन्। खेलाडी बिदामा गएर फर्किएपछि क्लबहरुले विभिन्न प्रकारका स्वास्थ्य परिक्षण गर्छन्। यो क्लबको नियमित परिक्षण पनि हो।

मेस्सी फ्रेन्च लिग वान अन्तर्गतको आउने खेलमा उपलब्ध हुनेमा आशावादी छ। आइतबार राति पिएसजीले सिजनको धेरै नै महत्वपूर्ण खेलमा लियोनको सामना गर्दैछ। लियोनको घरेलु मैदानमा हुने खेलमा मेस्सी उपलब्ध हुन सक्नेछन्। स्वास्थ्य परिक्षण सबै राम्रो गएको खण्डमा र प्रशिक्षणमा राम्रो गर्न सकेको खण्डमा मेस्सी लियोन विरुद्ध खेल्नेछन्।

प्रकाशित : बुधबार, पुष २१, २०७८१६:४१

एर्लिंग हालाण्ड: बार्सिलोना र रियल म्याड्रिड बीच हुने युद्धको कारक !